• About
  • Advertise
  • Careers
  • Contact
Wednesday, October 21, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home मनोरञ्जन

रेखा थापा अभिनित ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ ले पार गर्‍यो १० लाख भ्युज

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
रेखा थापा अभिनित ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ ले पार गर्‍यो १० लाख भ्युज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो?’ गीतले पार गर्‍यो १० लाख भ्युज

तेजन खड्का

काठमाडौं, २८ असोज । अभिनेत्री रेखा थापा अभिनित फिल्म ‘३६ को आँकडा’ को ‘बहुलाउँछु कि क्या हो?’ शीर्षकको गीत सार्वजनिक भएको केही दिनमै युट्युबमा एक मिलियन (१० लाख) भ्युज पार गर्न सफल भएको छ।

घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै दर्शकबाट उल्लेख्य साथ पाएको हो।

गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको सुमधुर स्वर रहेको छ भने यसका शब्द तथा संगीत सुरेश अधिकारीले सिर्जना गरेका हुन्। प्रेमभाव झल्काउने यस गीतमा अभिनेत्री रेखा थापा र अभिनेता महेश त्रिपाठी तथा पूजा शर्मा र पुष्प खड्काको जोडीलाई देख्न सकिन्छ।

गीतले एक मिलियन भ्युज पार गरेपछि अभिनेत्री थापाले दर्शक, शुभेच्छुक तथा गीतलाई माया गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी छन्। छोटो समयमै प्राप्त भएको माया र साथले आफूलाई थप उत्साहित बनाएको उनले बताएकी छन्।

‘सम्झिँदा तिमीलाई ढुकढुकी रोकिन्छ छिनछिन, होसै छैन केही पनि रातै हो कि दिन’ जस्ता प्रेमिल शब्दहरू समेटिएको यो गीतले फिल्मप्रति दर्शकको उत्सुकता अझ बढाउने अपेक्षा गरिएको छ। यस गीतको सफलताले फिल्मको प्रचारप्रसारमा समेत थप ऊर्जा थपेको छ।

रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ। सबिर श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा रेखा थापा, महेश त्रिपाठी, पूजा शर्मा, पुष्प खड्का र निरुता सिंहलगायतका कलाकारहरू मुख्य भूमिकामा छन्।

पारिवारिक कथावस्तुमा आधारित यस फिल्मले परिवारभित्रका सम्बन्ध, आपसी मनमुटाव र त्यसबाट उत्पन्न परिस्थितिलाई पर्दामा जीवन्त रूपले प्रस्तुत गर्नेछ। फरक पुस्ताका चर्चित कलाकारहरूको सहभागिताले पनि फिल्मलाई विशेष चासोको विषय बनाएको छ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रेखा थापा यस फिल्मकी अभिनेत्री तथा निर्मात्रीसमेत हुन्। यो फिल्म आगामी मङ्सिर १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ। गीतले पाएको यस प्रारम्भिक सफलताले फिल्मको बक्स अफिस प्रदर्शनप्रति दर्शकको अपेक्षालाई अझ उचाइमा पुर्‍याएको देखिन्छ।

 

Previous Post

म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा

Next Post

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पलाञ्चोक भगवती मन्दिरको दर्शन

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In