• About
  • Advertise
  • Careers
  • Contact
Friday, September 25, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
No Result
View All Result
Home अर्थतन्त्र

यातायात व्यवसायीलाई अध्यक्ष सिटौलाको आग्रह– ‘तोकिएको भाडाभन्दा बढी नलिनुस्, बरु कम लिनुस्

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१४ भाद्र २०८३, आईतवार
A A
यातायात व्यवसायीलाई अध्यक्ष सिटौलाको आग्रह– ‘तोकिएको भाडाभन्दा बढी नलिनुस्, बरु कम लिनुस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले यातायात व्यवसायी तथा चालकहरूलाई तोकिएको भाडाभन्दा बढी भाडा नलिन आग्रह गरेका छन्।

पोखरेली ट्याक्सी सेवा प्रालिको वार्षिकोत्सवमा उनले विपद्को समयमा बरु कम भाडा लिन आग्रह गरेका हुन्। उनले भारी वर्षाका कारण विभिन्न राजमार्गमा यातायात अवरुद्ध भएकाले विपद्को समयमा जबर्जस्ती सवारी नचलाउन पनि आग्रह गरेका छन्। उनले स्थानीय प्रशासन, विपद् व्यवस्थापन निकाय र मौसमविद्ले दिएका सूचनालाई अक्षरशः पालना गर्नुपर्नेमा जोड दिएका छन्। प्रशासनसँग समन्वय नगरी जबर्जस्ती सवारी चलाउन नहुने उनले बताएका छन्।

उनले हाल विपद्मा परेका यात्रुको उद्धारलाई प्राथमिकता दिन पनि सबै यातायात संघ, संस्था र कम्पनीलाई आग्रह गरेका छन्। रसुवा बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले बाढी प्रभावितको उद्धार कार्यमा सहयोग गर्न र आवश्यक रकम तथा स्रोतसाधन परिचालन गर्न समेत अनुरोध गरेका छन्।

सिटौलाले बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा यात्रु, चालक र सवारीसाधन बेपत्ता भएको बताएका छन्। उनले चालक, सहचालक, यात्रु तथा यातायातको खोज तथा उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन्। उनका अनुसार रसुवा, त्रिशूलीलगायतका क्षेत्रमा हजारौँ सवारीसाधनको अवस्था अज्ञात रहेको छ।

उनले देशभर रहेका सवारीसाधन, यात्रु र चालकको विवरण संकलन गरी केन्द्रीय कार्यालयमा पठाउन महासंघको प्रदेश तथा जिल्ला तहलाई आग्रह गरेका छन्।

उनले भने, ‘त्रिशूलीमा आएको बाढीका कारण पूर्वपश्चिम जाने सवारी सबै रोकिएको छ। काठमाडौँमा सबै सवारी रोकिएको छ। यो विषम घडीमा हामीले महासंघले सूचना पनि जारी गरिसकेका छौँ। सबै यो विषम परिस्थितिमा सबै सवारीसाधन आ–आफ्नो ठाउँमा खडा गरेर प्रशासनले, विपद् व्यवस्थापनले, मौसमविद्ले दिएको कुरालाई अक्षरशः पालना गरेर मात्रै सवारीसाधन चलाउनुहोला। जबर्जस्ती ढङ्गबाट कसैले पनि नचलाइदिनु म विशेष आग्रह गर्न चाहन्छु।

अहिलेको यो उद्धारको समयमा यात्रु, उपभोक्ता, यात्रुहरू जहाँजहाँबाट आउनुहुन्छ, पीडित यात्रुहरू हुनुहुन्छ, मेची–महाकालीबाट तपाईँहरूले उद्धार गरिरहनुभएको छ। सबै संघ, संस्था, कम्पनी सबै लाग्नुभएको छ। मेची–महाकाली हाम्रा सबै साथीहरू राख्न लाग्न र उद्धारको लागि आवश्यक रकम पनि सहयोग गर्न आग्रह गर्दछु।

अहिले सबैको जीवित उद्धार गर्न नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छु कि पहिला मानवीय क्षतिको उद्धारको लागि हामी लाग्नैपर्छ। सरकारसँग हामी अत्यन्तै ठूलो सहकार्य गर्नेछौँ तर सरकारले सार्वजनिक यातायातका चालकहरू कति काम, के भइरहेको छ? यात्रुहरू के भइरहेको छ? सवारी चालक, सहचालक, सवारीसाधनको सरकारले युद्धस्तरमा खोजतलास गरेर हामीलाई जानकारी दिओस्।

अहिले कुनै पनि टीकाटिप्पणी गर्ने अवस्था छैन। उद्धारको लागि एक रुपैयाँदेखि दस रुपैयाँसम्म मन आफ्ना व्यक्ति–व्यक्तिले सबै ठाउँमा सहयोग पुर्‍याउनुहुन पनि म अनुरोध गर्छु। साथै महासंघको केन्द्रीय कार्यालयमा सवारीको डाटा, यात्रुको डाटा, चालकहरूको डाटा पठाउन पनि प्रदेश र जिल्लाले समन्वय गरिदिनुहोला।

यो विपद्को घडीमा कुनै पनि चालक, कुनै पनि व्यवसायी साथीहरूले अहिले तोकेको भाडाभन्दा बढी एक रुपैयाँ कसैले नलिनुस्, बरु केही रुपैयाँ कम गरेर यो उद्धारमा लागिदिन विशेष आग्रह गर्दछु।’

पोखरेली ट्याक्सी सेवा प्रालिले बाढीपीडितहरूको सहयोगका लागि ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेकोमा अध्यक्ष सिटौलाले धन्यवाद दिएका छन्। उनले यातायात क्षेत्र पीडित भए पनि आफ्नो क्षमताअनुसार सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन्।

Previous Post

विपद् प्रभावितको राहत र संरक्षणमा सरकारको १४ करोडको योजना

Next Post

कृष्णभीरको सडक पूर्ण रूपमा क्षतिग्रस्त

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In