२७ असोज, काठमाडौं । नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा पावर बैंक साथमा लैजान नपाउने भएका छन्। नेपाल वायुसेवा निगमले सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।
भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको परिपत्रअनुसार भारतबाट वा भारततर्फ सञ्चालन हुने उडानमा पावर बैंक बोक्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
नयाँ व्यवस्थाअनुसार यात्रुले पावर बैंकलाई क्याबिन ह्यान्डब्याग, चेक–इन ब्यागेज वा कार्गोमध्ये कुनै पनि माध्यमबाट लैजान पाउने छैनन्।
