• About
  • Advertise
  • Careers
  • Contact
Saturday, October 24, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

इरानमाथि नयाँ सैन्य कारबाहीबारे ट्रम्प र नेतान्याहूबीच गोप्य छलफल भएको दाबी

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
इरानमाथि नयाँ सैन्य कारबाहीबारे ट्रम्प र नेतान्याहूबीच गोप्य छलफल भएको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच गोप्य छलफल भएको खुलासा भएको छ।

अमेरिकी समाचार संस्था एक्सियोसले उच्चपदस्थ अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यसबारे समाचार सार्वजनिक गरेको हो। ती अधिकारीका अनुसार पछिल्ला दुई सातामा ट्रम्प र नेतान्याहूबीच इरानमाथि सम्भावित संयुक्त आक्रमणका विषयमा पटकपटक टेलिफोन वार्ता भएको थियो।

इजरायली गुप्तचर निकायले इरानले आफ्नो आणविक कार्यक्रम तीव्र गतिमा पुनः सञ्चालन गर्न खोजिरहेको प्रतिवेदन दिएपछि नेतान्याहूले यस विषयमा ट्रम्पसँग गम्भीर चासो व्यक्त गरेको बताइएको छ। उक्त प्रतिवेदनमा इरानले विशेषगरी नतान्जनजिकै रहेको ‘पिक्याक्स माउन्टेन’ क्षेत्रमा युरेनियम संवर्धनको काम तीव्र बनाएको उल्लेख छ।

तर, इरानमाथि सैन्य कारबाही गर्ने विषयमा ह्वाइट हाउस र ट्रम्पका सल्लाहकारहरूबीच एकमत देखिएको छैन। छलफलका क्रममा ट्रम्पले नेतान्याहूलाई तयारी अवस्थामा रहन भने पनि तत्काल आक्रमण गर्ने स्पष्ट प्रतिबद्धता नजनाएको अधिकारीहरूले बताएका छन्।

यद्यपि, ह्वाइट हाउसका एक अधिकारीले मध्यावधि चुनावअघि ट्रम्पले इरानमाथि आक्रमण नगर्ने स्पष्ट पारिसकेको दाबी गरेका छन्। उनले युद्ध पुनः सुरु गर्ने विषयमा वार्ता भएको भन्ने विवरणलाई असत्यसमेत भनेका छन्।

यसअघि अक्टोबर २ मा क्याम्प डेभिडमा भएको ट्रम्पको उच्चस्तरीय मन्त्रिपरिषद् बैठकमा इरानमाथि आक्रमण गर्ने सम्भावनाबारे घण्टौँ छलफल भएको थियो। अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र सेन्ट्रल कमान्डका नेतृत्वले सैन्य कारबाही पुनः सुरु गर्नुपर्ने पक्षमा मत राखेको बताइएको छ। तर, ट्रम्पका अधिकांश अन्य सल्लाहकारले कडा आर्थिक प्रतिबन्ध र कूटनीतिक दबाबलाई नै निरन्तरता दिनुपर्ने धारणा राखेका छन्।

निर्वाचनको समय र सैन्य नेतृत्वको चुनौती

निर्वाचनको मुखमा इरानसँग पुनः युद्ध सुरु भए त्यसले अमेरिका र इजरायल दुवैको आन्तरिक राजनीति तथा मतदाताको निर्णयमा असर पार्न सक्ने आकलन गरिएको छ।

इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जमिर र अमेरिकी जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल डान केनबीच भएको कुराकानीमा आगामी तीन साताभित्र युद्ध सुरु भए इरानले सयौँ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेर कडा जवाफी हमला गर्ने सम्भावना रहेको उल्लेख गरिएको बताइएको छ। यस्तो अवस्था सिर्जना भए इजरायलमा अक्टोबर २७ का लागि निर्धारित आमनिर्वाचनसमेत स्थगित गर्नुपर्ने परिस्थिति आउन सक्ने आकलन गरिएको छ।

राजनीतिक रूपमा तटस्थ मानिने इजरायली सेनालाई निर्वाचनको पूर्वसन्ध्यामा हुने सैन्य कारबाहीले राजनीतिक विवादमा तान्न सक्ने चिन्ता पनि देखिएको छ। यस्तो कदमलाई नेतान्याहूको राजनीतिक स्वार्थसँग जोडेर हेरिए सेनाप्रतिको जनविश्वास कमजोर हुन सक्ने जोखिम औँल्याइएको छ।

तर, नेतान्याहूले आफ्ना गुप्तचर प्रमुखहरूसँगको बैठकमा इरानमाथि आक्रमणको प्रस्ताव आफूले अघि नसारेको दाबी गरेका छन्। उनका अनुसार ट्रम्पले नै उक्त प्रस्ताव राख्दै इजरायल त्यसमा सहभागी हुन्छ कि हुँदैन भनेर सोधेका थिए।

अमेरिकी मध्यावधि चुनावअघि इरानसँग नयाँ युद्ध सुरु भए अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य थप बढ्न सक्ने चिन्ता पनि छ। इन्धनको मूल्यवृद्धिले महँगीको सामना गरिरहेका अमेरिकी नागरिकको जनजीवनमा थप दबाब पार्ने र त्यसको राजनीतिक असर ट्रम्प तथा रिपब्लिकन पार्टीले बेहोर्नुपर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ।

कतारी मध्यस्थतामा कूटनीतिक प्रयास जारी

यसैबीच, इरानको आणविक कार्यक्रमसम्बन्धी विवाद समाधान गर्न कतारको मध्यस्थतामा कूटनीतिक प्रयास जारी रहेको बताइएको छ। आणविक क्षेत्रमा सहुलियत दिनुपर्ने अमेरिकी सर्तसहितको पछिल्लो प्रस्तावबारे इरानको जवाफ पर्खिरहेको कतारी मध्यस्थकर्ताहरूको भनाइ छ।

अमेरिकी अधिकारीहरूका अनुसार अमेरिका र इरानबीचको कूटनीतिक संवाद पूर्ण रूपमा समाप्त भएको छैन, तर वार्ता सक्रिय रूपमा अघि बढिरहेको अवस्था पनि छैन। ट्रम्प प्रशासन निर्वाचनको दबाबका कारण पछि हट्न सक्ने इरानको आकलन भए पनि अमेरिकाले दबाब कायम राखेको उनीहरूले बताएका छन्।

मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानलाई असफल राष्ट्रको संज्ञा दिएका थिए। उनले इरानबारे चाँडै ठूलो निर्णय लिने चेतावनीसमेत दिएका थिए।

Previous Post

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

Next Post

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In