काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि नेप्सेमा वृद्धि जारी रहेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ४.७९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७१ अंकले बढेका छन्।
आज १३ वटै उपसमूहका परिसूचक बढेका छन्। बैंकिङ, विकास बैंक र निर्जीवन बीमा उपसमूहका परिसूचक १ प्रतिशतभन्दा बढीले बढेका छन्।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो। बुधबार ३५४ स्टकको ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँबराबरका १ करोड १६ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्।
सबैभन्दा धेरै कुमारी बैंकको २६ करोड ४६ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। घलेम्दी हाइड्रोको साढे २१ करोड र लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
आज १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर २०८९ को मूल्य १३.२१ प्रतिशतले बढेको छ। ७ प्रतिशत नेपाल एसबीआई बैंक डिबेञ्चर २०९० को मूल्य पनि ८ प्रतिशतभन्दा बढीले बढेको छ।
k
