२९ असोज, काठमाडौं । नेपाली बजारमा पछिल्लो चार दिनमा सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर २ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भएको छ।
बिहीबार मात्रै सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो। बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि बिहीबार प्रतितोला २२० रुपैयाँले घटेको छ। अघिल्लो दिन ४ हजार २५५ रुपैयाँ रहेको चाँदीको मूल्य घटेर आज प्रतितोला ४ हजार ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।
