• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, October 27, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home अर्थतन्त्र

सातौँ ब्रिटाकोफ सम्मेलनः डिजिटल कर सुशासनमा साझा प्रतिवद्धता

रिजन खड्का by रिजन खड्का
३० अशोज, २०८३
A A
सातौँ ब्रिटाकोफ सम्मेलनः डिजिटल कर सुशासनमा साझा प्रतिवद्धता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेल्ट एण्ड रोड इनिसिएटिभ कर प्रशासन सहयोग मञ्च (ब्रिटाकोफ) को सातौँ सम्मेलन सम्पन्न भएको छ ।

डिजिटल अर्थतन्त्रको विस्तारसँगै कर प्रशासनलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री र प्रभावकारी बनाउने साझा प्रतिबद्धतासहित इन्डोनेसियाको राजधानी जकार्तामा अक्टोबर १३ देखि १५ सम्म सम्मेलन आयोजना गरिएको थियो ।

‘स्मार्ट कर प्रणाली, साझा समृद्धिमा साझेदारी’ मूल नाराका साथ सम्पन्न सम्मेलनमा नेपालले आन्तरिक राजस्व विभागको उच्चस्तरीय प्रतिनिधिमण्डलमार्फत सहभागिता जनाएको थियो । सम्मेलनमा डिजिटल अर्थतन्त्रको कराधान, डिजिटल प्लेटफर्ममा आधारित आर्थिक गतिविधिको नियमन, स्रोत मुलुकको कराधिकार संरक्षण तथा कर प्रशासनमा आधुनिक प्रविधिको प्रयोगलगायत विषयमा छलफल भएको थियो ।
सम्मेलनको उद्घाटन सत्रमा नेपालको तर्फबाट बोल्दै आन्तरिक राजस्व विभागका महानिर्देशक तथा ब्रिटाकमका निवर्तमान अध्यक्ष डा. भीष्मकुमार भुसालले डिजिटल अर्थतन्त्रको तीव्र विस्तारसँगै कर प्रणालीलाई आधुनिक, न्यायपूर्ण, स्वचालित, पारदर्शी र करदातामैत्री बनाउनु अपरिहार्य रहेको बताएका थिए ।

सन् २०२५ मा काठमाडौंमा सम्पन्न छैटौँ ब्रिटाकोफ सम्मेलनबाट अघि सारिएका रणनीतिक कार्यढाँचाले सदस्य राष्ट्रहरूको कर प्रशासनलाई मानकीकृत र आधुनिक बनाउन आधार तयार गरेको बताउँदै भुसालले अन्तर्राष्ट्रिय असल अभ्यासको आदानप्रदान र सहकार्य जरुरी रहेको बताएका थिए ।

सम्मेलनमा कर प्रशासन सुधार र करदाता सेवा प्रवाहलाई प्रभावकारी बनाउन दुई महत्त्वपूर्ण रणनीतिक दस्तावेज—ट्याक्स एडमिनिस्ट्रेसन प्रोडक्ट पोर्टफोलियो संस्करण २.० र ट्याक्सपेयर सर्भिस प्रोडक्ट पोर्टफोलियो संस्करण २.०—स्वीकृत तथा जारी गरिएका छन् । यी दस्तावेजले डिजिटल अर्थतन्त्रअनुकूल कर प्रशासनको विकास, करदाता सेवाको डिजिटलीकरण, कृत्रिम बुद्धिमत्ताको प्रयोग र करदाताका अधिकारको संरक्षणलाई प्राथमिकता दिएका छन् ।

त्यसैगरी, सदस्य राष्ट्रहरूको कर सुशासन क्षमता अभिवृद्धिका लागि तत्काल कार्यान्वयन गर्न सकिने २० वटा सहयोगी सामग्रीको संग्रह अनुमोदन गरिएको छ । कर प्रशासनसम्बन्धी तालिम, प्राविधिक ज्ञान र व्यावहारिक सीप विकासका लागि ब्रिटासेजअन्तर्गत नयाँ पाठ्यक्रम थप गर्नुका साथै सन् २०२६ को वार्षिक प्रतिवेदनसम्बन्धी कामलाई पनि अघि बढाइएको छ ।
सम्मेलनको दोस्रो दिन आयोजित ‘नयाँ आर्थिक स्वरूपमा कर सुशासन र अन्तर्राष्ट्रिय सहकार्य’ विषयक विशेष सत्रमा आन्तरिक राजस्व विभागकी निर्देशक लक्ष्मी पराजुलीले नेपालको अनुभवमा आधारित प्राविधिक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यपत्रमा नेपालले कार्यान्वयनमा ल्याएको डिजिटल सेवा कर, गैरबासिन्दा विदेशी डिजिटल सेवा प्रदायकका लागि मूल्य अभिवृद्धि कर दर्ता व्यवस्था तथा स्वदेशी राइड सेयरिङ प्लेटफर्ममा आबद्ध सेवा प्रदायकका लागि लागू गरिएको सहुलियतपूर्ण भ्याट प्रणालीका व्यावहारिक पक्ष समेटेकी थिइन् ।

परम्परागत भौतिक उपस्थितिमा आधारित कर कानुनले मात्र डिजिटल अर्थतन्त्रका गतिविधिलाई प्रभावकारी रूपमा समेट्न नसक्ने उल्लेख गर्दै उनले स्रोत मुलुकको कराधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको बताएकी थिइन् ।

आगामी आठौँ ब्रिटाकोफ सम्मेलन सन् २०२७ मा ताजिकिस्तानमा आयोजना गर्ने औपचारिक निर्णय गरिएको छ । नेपालले सम्मेलनबाट प्राप्त अन्तर्राष्ट्रिय असल अभ्यास र बहुपक्षीय सहकार्यलाई आन्तरिक राजस्व परिचालन, नीतिगत आधुनिकीकरण तथा स्रोत मुलुकको कराधिकार सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल–हङकङ कर सम्झौतासम्बन्धी वार्ता अघि बढ्ने
सम्मेलनका क्रममा नेपाली र हङकङको प्रतिनिधिमण्डलबीच द्विपक्षीय साइडलाइन बैठकसमेत सम्पन्न भएको छ । बैठकमा दुई पक्षबीच कर सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो । विशेषगरी नेपाल र हङकङबीच दोहोरो करमुक्ति सम्झौतासम्बन्धी प्रस्तावित द्विपक्षीय वार्ता आगामी जनवरीमा आयोजना गर्ने तथा त्यसका प्राविधिक तयारीलाई तीव्रता दिने विषयमा सहमति जुटेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।

 

Previous Post

एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने

Next Post

कांग्रेसले बिग्रेको खुलामञ्च आफ्नै खर्चमा ४५ दिनभित्र बनाइसक्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000