एनपीएलको पुरस्कार सार्वजनिक, च्याम्पियन टोलीले १ करोड ५० लाख पाउने
नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्ने टोलीले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको हो।
आज आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले पुरस्कारसम्बन्धी विवरण सार्वजनिक गरेका हुन्।
घोषित रकमअनुसार प्रतियोगिताको उपविजेता टोलीले ८० लाख रुपैयाँ पाउनेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख रुपैयाँ प्राप्त गर्नेछ।
एनपीएल भोलिदेखि सुरु हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
