• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सप्तकोसी मोटरबोट दुर्घटना : तीनजनाको मृत्यु, चार बेपत्ता

रिजन खड्का by रिजन खड्का
८ कार्तिक, २०८३
A A
सप्तकोसी मोटरबोट दुर्घटना : तीनजनाको मृत्यु, चार बेपत्ता
0
SHARES
0
VIEWS

काठमाडौं, ८ कार्तिक । भोजपुरको पौवादुम्मा गाउँपालिकास्थित खोप्चेबाट आएको मोटरबोट सप्तकोसी नदीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने चारजना अझै बेपत्ता छन्।

मृतकहरूको शव सुनसरीको चतारा अस्पतालमा राखिएको धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताएकी छन्। दुर्घटनामा परेर नौजनाको सकुशल उद्धार गरिएको छ भने बेपत्ताहरूको खोजीकार्य जारी रहेको छ।

भोजपुरको खोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ जाँदै गरेको जेटबोट आइतबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै सुरुमा धनकुटाको त्रिवेणी चौकीका प्रहरीहरू उद्धारमा खटिएका थिए। त्रिवेणी चौकीबाट जानकारी प्राप्त भएपछि सुनसरीको विपद् व्यवस्थापन गुल्मबाट पनि टोली परिचालित भएको थियो। यस्तै, उदयपुरबाट पनि सुरक्षाकर्मी परिचालित भएका छन्।

घटनास्थलमा फोन सम्पर्क नहुँदा नियमित रिपोर्टिङ हुन नसकेको उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताएका छन्। हाल सशस्त्र प्रहरी बलले नै उद्धार तथा खोजीकार्यको नेतृत्व लिइरहेको छ।

 

Previous Post

पथरीमा पाँचौँ सिरिजंघा वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै

Next Post

दशैंको खानपानले पाचन प्रणाली बिग्रियो? अपनाउनु होस् यी ५ स्वस्थ तरिका

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav