• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अर्थमन्त्री वाग्लेको अभिव्यक्ति नेपालको स्वाभिमानमा आँच पुर्‍याउने खालको : प्रदीप ज्ञवाली

रिजन खड्का by रिजन खड्का
९ कार्तिक, २०८३
A A
0
SHARES
0
VIEWS

काठमाडौं, ९ कात्तिक। एमाले नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा आयोजित एक समिटमा दिएको अभिव्यक्ति नेपालको स्वाभिमानमा आँच पुग्ने खालको भएको टिप्पणी गरेका छन्।

वाग्लेले हालै नयाँ दिल्लीमा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेर भारतको गुणगान गरेका थिए। उक्त अभिव्यक्तिलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ। भारतको प्रिय बन्न खोज्दा वाग्लेले नेपालसहित आफ्नो इज्जत पनि धुमिल बनाएको भन्दै उनको आलोचना भइरहेको छ। यही क्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीको कडा टिप्पणी आएको हो।

‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ दिल्लीमा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिएको अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पुर्‍याउने खालको छ। विदेशी भूमि कुनै पनि सरकारी पदाधिकारीका लागि आफ्नो मुलुकको राजनीतिका आन्तरिक मतभिन्नताहरूबारे बोल्ने थलो होइन,’ ज्ञवालीले भनेका छन्, ‘नेपालमा कहिल्यै ‘भारतविरोधी राष्ट्रवादको युग’ थिएन। नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ। कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैँमा कुनै ‘युग’ होइन। त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन।’

नेता ज्ञवालीले अर्थमन्त्री वाग्लेले कुन ‘युग’ को कुरा गरेको भन्दै प्रश्नसमेत गरेका छन्।

‘नेपाल र भारतका बीचमा कतिपय समस्या छन्। सीमा समस्या, सुरक्षा छाताको आभास दिने सन् १९५० को सन्धिका कतिपय प्रावधान, अनुदार वाणिज्य नीतिका कारण नेपाली उत्पादनहरूले भारतीय बजारमा प्रवेश पाउन व्यहोर्नुपर्ने झन्झट, बढ्दो व्यापार घाटा, सीमामा बनाइएका एकतर्फी बाँधका कारण वर्षेनी हुने नेपाली भूमि डुबान, नेपालले स्वाभाविक रूपमा पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गमा गरिएको आनाकानी आदि। घनिष्ठ छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ। समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन। यी विषयहरू उठाउनु कुनै देशविशेषको विरोध होइन। यो नेपालको राष्ट्रिय हितको प्रश्न हो,’ उनले भनेका छन्।


Previous Post

दशैँ बिदापछि काठमाडौंको जनजीवन लयमाः सडकमा बढ्यो चहलपहल

Next Post

ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav