काठमाडौं, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुनेछन्। यस्तै, दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।
सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।
