• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कञ्चनपुरमा १० लाखभन्दा बढीको अवैध सामान बरामद, तीन जना पक्राउ

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
काठमाडौं उपत्यकाबाट २४ घण्टामा ११८ जना पक्राउ, ट्राफिक नियम उल्लङ्घन गर्ने ५१४ चालक कारबाहीमा
0
SHARES
0
VIEWS

१० कात्तिक, धनगढी । कञ्चनपुरमा प्रहरीले १० लाख ४९ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार आइतबार र सोमबार गरिएको संयुक्त प्रहरी परिचालनका क्रममा कुल १० लाख ४९ हजार ३८५ रुपैयाँ बराबरका सामान बरामद भएका हुन् । बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीको संयुक्त टोलीले आइतबार मात्रै करिब पाँच लाख १७ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको थियो । बरामद सामग्रीमा साइकलका पाटपुर्जा, ट्युब, मिठाइ, मोटरसाइकल, माछा र पेय पदार्थ रहेका छन् ।

त्यसैगरी, तीन लाख ७४ हजार २२५ रुपैयाँ बराबरका कपडा, खाद्यान्न तथा किरानाका सामानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सोमबार भने अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो । भीमदत्त नगरपालिका–१८ स्थित कारागार रोडबाट एक लाख ५७ हजार रुपैयाँ बराबरका अवैध सामानसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ का ५० वर्षीय लप्टन चौधरी, वडा नम्बर ११ का किसनदत्त जोशी र वडा नम्बर १७ का लबराज चटौत रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल, चेन स्प्रोकेट, ब्रेक र प्लास्टिकका सामान बरामद गरिएको छ । पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

 

Previous Post

काठमाडौं उपत्यकामा मापसे र लापसे गरी सवारी चलाउने १,२०६ चालक कारबाहीमा

Next Post

एआईमा लगानी बढाउँदै माइक्रोसफ्ट, ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको प्रस्ताव

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav