• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नोभेम्बर पहिलो साता नेपाल आउँदै भारतीय राजदूत दलेला, नेपाली राजदूत कहिले जाने ?

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
नोभेम्बर पहिलो साता नेपाल आउँदै भारतीय राजदूत दलेला, नेपाली राजदूत कहिले जाने ?
0
SHARES
1
VIEWS

नोभेम्बर पहिलो साता नेपाल आउँदै भारतीय राजदूत दलेला, नेपाली राजदूत कहिले जाने ?

काठमाडौं । भारतका लागि नेपालका नयाँ राजदूत नियुक्तिको प्रक्रिया अघि बढिरहेका बेला नेपालका लागि भारतले सिफारिस गरेका सुधाकर दलेला नोभेम्बरको पहिलो साता काठमाडौं आउने तयारीमा रहेको बताइएको छ। दलेलाको नाममा नेपालले सहमति जनाइसकेको र नियुक्तिको प्रक्रिया अघि बढ्ने क्रममा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

भारतले दलेलाको नाममा सहमति माग्दै नेपाललाई पत्र पठाएको थियो। नेपालले त्यसको जवाफ पठाइसकेको स्रोतको भनाइ छ। अब भारतले औपचारिक नियुक्ति गरेपछि दलेला नेपालका लागि भारतीय राजदूतका रूपमा कार्यभार सम्हाल्न आउनेछन्।

यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरेर फर्किएपछि भारतले उनको स्थानमा दलेलालाई सिफारिस गरेको हो।

सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलासँग विभिन्न देशमा कूटनीतिक जिम्मेवारी सम्हालेको अनुभव छ। उनले इजरायलबाट आफ्नो कूटनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि ब्राजिल, अमेरिका, बङ्गलादेश, स्वीट्जरल्यान्ड र भुटानलगायतका मुलुकमा भारतीय नियोगमा काम गरिसकेका छन्।

दलेला भुटानका लागि भारतीय राजदूतका रूपमा समेत कार्यरत थिए। सन् २०२५ सेप्टेम्बरदेखि उनी भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को जिम्मेवारीमा छन्। उनले भारतको प्रधानमन्त्री कार्यालय र वाणिज्य विभागमा पनि विभिन्न पदमा काम गरिसकेका छन्। नेपाल र भुटानसम्बन्धी विषय हेर्ने जिम्मेवारीसमेत सम्हालेका दलेलासँग क्षेत्रीय कूटनीति र आर्थिक सम्बन्धको अनुभव छ।

प्रधानमन्त्री बालेन्द्र शाहको सम्भावित भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालका लागि नयाँ राजदूत पठाउने प्रक्रिया अघि बढाएको हो।

यसैबीच, नेपालले पनि भारतका लागि नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको छ। सरकारले भारतका लागि डा. निश्चलराज पाण्डेको नाम सिफारिस गरिसकेको छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनको नाममा सहमति माग्दै भारतलाई पत्र पठाइएको छ।

भारतबाट सहमति प्राप्त भएपछि नेपालले पाण्डेलाई औपचारिक रूपमा नियुक्त गरी नयाँ दिल्ली पठाउने प्रक्रिया अघि बढाउनेछ। दुवै देशमा नयाँ राजदूतको नियुक्ति र कार्यभार सम्हाल्ने समयलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

 

Previous Post

एनपीएलमा विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्ने

Next Post

जग्गा कित्ताकाटको अन्योल हटाउन र भू–उपयोग नीति स्पष्ट बनाउन व्यवसायीको माग

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav