• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

नेताहरूको तडकभडक र भीआईपी शैली बदल्नुपर्छ : गगन थापा

रिजन खड्का by रिजन खड्का
१० कार्तिक, २०८३
A A
नेताहरूको तडकभडक र भीआईपी शैली बदल्नुपर्छ : गगन थापा
0
SHARES
0
VIEWS

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेताहरूलाई विमानस्थलमा भव्य स्वागत गर्ने र तामझाम देखाउने प्रवृत्तिले सर्वसाधारणमा नकारात्मक धारणा विकास गरिरहेको बताएका छन्। उनले राजनीतिमा देखिने यस्तो भीआईपी संस्कार अन्त्य गरी नेता र जनताबीचको दूरी घटाउनुपर्नेमा जोड दिएका छन्।

बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै थापाले सोमबार पोखरा विमानस्थलमा आफ्नो स्वागतका क्रममा देखिएको दृश्यलाई उदाहरणका रूपमा प्रस्तुत गरे। खादा, माला र फूलसहितको स्वागत तथा ठूलो सङ्ख्यामा गाडीको लस्कर देख्दा नागरिकलाई असहज लाग्न सक्ने उनको भनाइ थियो।

नेताहरूको स्वागतमा विमानस्थलमा लामो समयसम्म भीड जम्मा गर्ने र सवारीसाधनको ताँती लगाउने शैलीले जनतामा वितृष्णा पैदा गर्न सक्ने उनले बताए। यस्तो अभ्यासलाई निरन्तरता दिनुभन्दा परिवर्तन गर्नुपर्नेमा थापाले जोड दिए।

नेताहरू पनि सर्वसाधारण नागरिकसरह नै भएकाले जनताले सहज रूपमा भेट्न, आफ्ना कुरा राख्न र गुनासो सुनाउन पाउनुपर्ने उनले बताए। नेताहरूलाई छुट्टै व्यवहार गर्ने तथा उनीहरूसँग भेट्न आउने सर्वसाधारणलाई रोक्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको धारणा थियो।

थापाले नेताहरूले विमानस्थल र राजधानीमा शक्ति प्रदर्शन गर्नेभन्दा गाउँ तथा स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताए। पार्टीका केन्द्रीय सदस्यहरूलाई पनि काठमाडौंमा मात्रै केन्द्रित नराखी जनतामाझ सक्रिय बनाउने आफ्नो योजना रहेको उनले उल्लेख गरे।

कार्यक्रममा उनले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाबारे पनि धारणा राखे। कांग्रेसले उम्मेदवार चयनमा केन्द्रको हस्तक्षेप घटाउन पार्टी विधानमै व्यवस्था गरेको दाबी गर्दै थापाले सम्बन्धित स्थानीय तहका पार्टी सदस्यहरूले नै उम्मेदवार छनोट गर्ने बताए।

उनका अनुसार पोखरा महानगरपालिकाको उम्मेदवार पोखराकै पार्टी सदस्यहरूले छनोट गर्नेछन् भने स्याङ्जा र तनहुँका उम्मेदवार पनि सम्बन्धित जिल्लाका पार्टी सदस्यहरूको निर्णयअनुसार तय हुनेछन्। उम्मेदवार चयनमा स्थानीय तहलाई अधिकार दिनु पार्टीको निर्णय प्रक्रिया विकेन्द्रित गर्ने प्रयास भएको उनको भनाइ थियो।

 

Previous Post

तीन महिनामै दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

Next Post

टाढिएका मतदातासँग सम्बन्ध जोड्न घरदैलो अभियान चलाउने गगन थापाको प्रस्ताव

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav