प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम संकलन
भोटेकोशी बाढीपछि राहत तथा उद्धारका लागि आर्थिक सहयोग आउने क्रम जारी
काठमाडौँ । रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग थपिने क्रम जारी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषका विभिन्न खातामा गरी कुल मौज्दात रकम १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ पुगेको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौवटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ रुपैयाँ मौज्दात रहेको छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा ३ करोड ५ लाख ३६ हजार १६९ अमेरिकी डलर जम्मा भएको जनाइएको छ।
