• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बौद्ध वर्षावास समापन र डुङ्गा दौड महोत्सवले लाओसमा रौनक

रिजन खड्का by रिजन खड्का
११ कार्तिक, २०८३
A A
बौद्ध वर्षावास समापन र डुङ्गा दौड महोत्सवले लाओसमा रौनक
0
SHARES
0
VIEWS

बौद्ध वर्षावास समापन तथा परम्परागत डुङ्गा दौड महोत्सवका अवसरमा लाओसका नदी किनारहरू झिलिमिली बत्ती, मानिसहरूको चहलपहल र उत्सवमय वातावरणले भरिएका छन् । धार्मिक परम्परा, सामुदायिक एकता र सांस्कृतिक उत्सवको सङ्गमका रूपमा मनाइने यस पर्वमा स्थानीय बासिन्दा तथा पर्यटक सहभागी भएका छन् ।

यस वर्ष अक्टोबर २६ मा परेको बौद्ध वर्षावास समापनका अवसरमा बिहानैदेखि धार्मिक गतिविधि सुरु भएका थिए । मानिसहरू पुण्य कमाउने उद्देश्यले मन्दिर पुग्ने, भिक्षुहरूलाई भिक्षादान गर्ने तथा भोजन अर्पण गर्ने गर्छन् ।

साँझपख नदी किनारमा मानिसहरूको भीड लाग्ने गर्छ । उनीहरूले फूल, मैनबत्ती र धूपले सजाइएका केराका पातबाट बनेका साना डुङ्गाहरू नदीमा प्रवाहित गर्छन् । नदीप्रति सम्मान प्रकट गर्ने उद्देश्यले गरिने यस परम्परालाई कतिपयले दुर्भाग्य र नकारात्मकता पखाल्ने प्रतीकका रूपमा समेत लिने गरेका छन् ।

लाओसका विभिन्न क्षेत्रमा वर्षावास समापनसँगै परम्परागत डुङ्गा दौड महोत्सव पनि आयोजना गरिन्छ । राजधानी भियन्टियानमा मंगलबार आयोजित डुङ्गा दौड महोत्सवले स्थानीय व्यापारीलाई आफ्ना उत्पादन बिक्री गर्ने अवसर प्रदान गरेको छ ।

महोत्सवमा सहभागी आगन्तुकहरूले परम्परागत सामग्री, स्थानीय परिकार तथा विभिन्न सांस्कृतिक गतिविधिमार्फत लाओसको संस्कृति र जीवनशैलीको अनुभव गर्ने अवसर पाएका छन् ।

 

Previous Post

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस

Next Post

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav