काठमाडौं, १२ कात्तिक । नेपाल र डेनमार्कका कलाकार तथा प्राविधिकहरूको संयुक्त सहकार्यमा तयार पारिएको नयाँ गीत ‘मायालुले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक आकाश सिग्देलको शब्द, संगीत र स्वर रहेको गीतले प्रवासमा रहेर नेपाली संगीत क्षेत्रमा सिर्जनात्मक योगदान दिने प्रयासलाई प्रस्तुत गरेको छ।
कुन्ता न्यौपाने सिग्देलको निर्माणमा तयार भएको म्युजिक भिडियोको छायांकन डेनमार्कको कोपनहेगनमा गरिएको हो। रजनीश चौधरीको निर्देशन रहेको भिडियोमा कोपनहेगनमा बसोबास गर्दै आएका नवकलाकार प्रदीप्ति पोखरेल, टाइगर सुवेदी र सबित काफ्लेले अभिनय गरेका छन्।
भिडियोको छायांकन विकल थापाले गरेका हुन् भने सम्पादन तथा रङ संयोजनको जिम्मेवारी रिषन महर्जनले सम्हालेका छन्।
गीतको स्वर रेकर्डिङ तथा ध्वनि व्यवस्थापन डेनमार्कस्थित एआरके रेकर्डिङ स्टुडियोमा क्रिस्टियन डाल्सगार्डले गरेका छन्। गीतको संगीत उत्पादन भने पोखरास्थित क्रेजी स्टुडियोमा गरिएको हो।
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ विनोद रसाइलीले गरेका छन्। वाद्यवादनतर्फ सुमन तामाङले गितार, नगेन्द्र विक्रम राईले बाँसुरी, बोबी दियालीले भायोलिन, आशिम गुरुङले बेस गितार र गुप्ता गुरुङले ड्रम्समा योगदान दिएका छन्।
प्रवासमा रहेका नेपाली कलाकारहरूको सहकार्यमा तयार भएको ‘मायालुले’ ले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय परिवेशमा प्रस्तुत गर्ने प्रयास गरेको छ।गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोस् :
YouTube‘मायालुले’ म्युजिक भिडियो हेर्नुहोस्
