• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मिसेस वर्ल्ड श्रीदाकेत आज नेपाल आउँदै

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
मिसेस वर्ल्ड श्रीदाकेत आज नेपाल आउँदै
0
SHARES
0
VIEWS

काठमाडौं, १३ कात्तिक । मिसेस वर्ल्ड २०२५ चनिता श्रीदाकेत क्रेथोर्न तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आउने भएकी छन्।

शनिबार काठमाडौंस्थित पुलिस क्लबमा आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।

थाइल्यान्डकी स्यामीले मिसेस वर्ल्डको ताज जितेपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेकी हुन्। उनले मिसेस नेपाल वर्ल्डका प्रतिस्पर्धीलाई बधाई दिन नेपाल आउन पाउँदा खुसी व्यक्त गरेको आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले बताएका छन्।

स्यामीको नेपाल भ्रमणलाई विवाहित महिलाको आत्मविश्वास, क्षमता र सशक्तीकरणका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा उनी मिसेस नेपाल वर्ल्डसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा गतिविधिमा सहभागी हुनेछिन्।

सौन्दर्य प्रतियोगिताबाट प्राप्त ताजलाई व्यक्तिगत सफलतामा मात्र सीमित नराखी सामाजिक परिवर्तनको माध्यम बनाउनुपर्ने मान्यता राख्ने स्यामीले आमाहरूको खुसीलाई केन्द्रमा राखेर सामाजिक अभियानसमेत सञ्चालन गर्दै आएकी छन्। जब आमा खुसी हुन्छिन्, तब परिवार र समाज पनि बलियो बन्दै जान्छन् भन्ने सन्देशसहित अघि बढाइएको उनको अभियानले आमाको खुसी, सकारात्मक सोच र पारिवारिक सुखको महत्त्वलाई उजागर गर्दै आएको छ।

उनका लागि सौन्दर्य प्रतियोगिताको उपाधि व्यक्तिगत उपलब्धिसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने जिम्मेवारी पनि हो। आफूले प्राप्त गरेको अवसर, आवाज र भूमिकालाई अन्य महिलाको प्रेरणाका लागि उपयोग गर्नुपर्ने उनको दृष्टिकोण छ।

यस वर्षको मिसेस नेपाल वर्ल्डमा २२ जना विवाहित महिला अन्तिम प्रतिस्पर्धामा छन्। स्यामीको उपस्थितिले प्रतियोगीलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको अनुभव बुझ्न र महिला सशक्तीकरणका विषयमा थप प्रेरणा लिन सहयोग पुग्ने विश्वास आयोजक शिला बास्तोलाले व्यक्त गरेकी छन्।

Previous Post

हिमताल विस्फोटपछि भुटानमा आकस्मिक बाढी

Next Post

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav