• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कमला पुल मंसिरको पहिलो साताभित्र सञ्चालनमा ल्याउने मन्त्री लम्सालको दाबी

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
कमला पुल मंसिरको पहिलो साताभित्र सञ्चालनमा ल्याउने मन्त्री लम्सालको दाबी
0
SHARES
0
VIEWS

१३ कात्तिक, सिरहा । सिरहा र धनुषालाई जोड्ने हुलाकी सडकअन्तर्गतको बहुप्रतीक्षित कमला पुल निर्माण कार्यले गति लिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्। उनले आगामी मंसिरको पहिलो साताभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको जानकारी दिएका छन्।

मन्त्री लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत २१ सेकेन्डको भिडियो सार्वजनिक गर्दै पुल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी गराएका हुन्। उनका अनुसार लामो समयदेखि अलपत्र रहेको आयोजनाको काम अहिले तीव्र पारिएको छ।

पुलका निर्माण हुन बाँकी तीन स्पानमध्ये पहिलोको स्ल्याब ढलान सम्पन्न भइसकेको मन्त्री लम्सालले बताए। बाँकी दुई स्पानको स्ल्याब ढलान पनि आगामी पाँच दिनभित्र पूरा गर्ने कार्यतालिका रहेको उनले उल्लेख गरेका छन्।

पुल निर्माणसँगै नदी नियन्त्रणसम्बन्धी कामलाई समेत निरन्तरता दिइएको उनको भनाइ छ। निर्धारित समयमै निर्माण सम्पन्न गरी मंसिरको पहिलो साताभित्र सर्वसाधारणका लागि पुल सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको उनले स्पष्ट पारे।

मन्त्री लम्सालले १५ वर्षदेखि समस्याग्रस्त अवस्थामा रहेको यस आयोजनालाई सम्पन्न गरी सञ्चालनमा ल्याउनु सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

यसअघि कमला पुल निर्माणमा भइरहेको ढिलाइ र त्यसका कारण स्थानीयले भोग्नुपरेको समस्याबारे अनलाइनखबरले समाचार प्रकाशित गरेको थियो। पुल निर्माणमा राजनीतिक आश्वासन दोहोरिँदै आए पनि नागरिकको समस्या समाधान हुन नसकेको विषय समाचारमा उठाइएको थियो।

सिरहा र धनुषालाई जोड्ने महत्वपूर्ण यो पुल लामो समयदेखि निर्माण सम्पन्न हुन नसक्दा स्थानीय बासिन्दा, यात्रु तथा व्यवसायीले आवतजावतमा कठिनाइ भोग्दै आएका छन्। पुल सञ्चालनमा आएपछि दुवै जिल्लाका नागरिकलाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ।

Previous Post

‘सैयारा’का अहान पाण्डे र अनित पाड्डा अर्काे चलचित्रमा पनि सँगसँगै

Next Post

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav