• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

शपथ ग्रहणकै दिनदेखि सुशासनका लागि काम गरिरहेका छौँ : रास्वपा सचेतक परियार

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
शपथ ग्रहणकै दिनदेखि सुशासनका लागि काम गरिरहेका छौँ : रास्वपा सचेतक परियार
0
SHARES
0
VIEWS

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले आगामी एक दशकभित्र सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर नेपाल निर्माण गर्ने लक्ष्यसहित पार्टी र सरकार सक्रिय रहेको बताएका छन्।

विराटनगरमा पार्टीका अगुवाहरूसँग आयोजित अन्तर्क्रियामा बोल्दै परियारले विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिको लक्ष्य पूरा गर्न आफूहरू शपथ ग्रहण गरेकै दिनदेखि निरन्तर काममा जुटेको बताए।

उनका अनुसार रास्वपाले जनतासमक्ष गरेको प्रतिबद्धताअनुसार कामलाई परिणाममुखी बनाउने र सुशासन कायम गर्ने प्रयास गरिरहेको छ।

‘एक दशकभित्र सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर दक्षिण एसियाली राष्ट्र बनाउने हाम्रो सपना सामान्य प्रयासबाट सम्भव छैन। त्यसैले वाचापत्रअनुसार काम, परिणाम र सुशासन सुनिश्चित गर्न हामी शपथ ग्रहणकै दिनदेखि अहोरात्र खटिरहेका छौँ,’ उनले भने।

परियारले जनताले विकास, समृद्धि र सुशासनप्रति राखेका अपेक्षालाई व्यवहारमा उतार्नु पार्टी र सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गरे। जनतासँग गरिएका प्रतिबद्धतालाई वास्तविक उपलब्धिमा बदल्न इमानदार प्रयास भइरहेको उनको भनाइ थियो।

उनले संसद्लाई जनताका समस्या र सरोकारका विषय उठाउने तथा सरकारलाई जवाफदेही बनाउने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। जनताका मुद्दालाई प्राथमिकतामा राख्दै आफूहरू निरन्तर सिक्ने, कमजोरी सुधार्ने र आत्मसमीक्षा गर्ने प्रक्रियामा रहेको उनले बताए।

राजनीतिक दल र जनप्रतिनिधिले आफूलाई सधैँ सही ठान्ने प्रवृत्ति त्याग्नुपर्ने भन्दै परियारले नागरिकका प्रश्न, आलोचना र सुझावलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।

रास्वपाका नेता, सांसद, मन्त्री तथा अन्य जिम्मेवार व्यक्तिमा पद र शक्तिका कारण अहङ्कार बढ्न सक्ने जोखिमप्रति पनि उनले सचेत गराए। सञ्चारमाध्यम र नागरिक समाजलाई सरकार तथा राजनीतिक नेतृत्वका गतिविधिमाथि निरन्तर निगरानी राख्दै रचनात्मक खबरदारी गर्न उनले आग्रह गरे।

‘हामीबाट पनि कमजोरी हुन सक्छ। गलत काम वा कार्यशैली देखिएमा खबरदारी गर्नुस्। पद र शक्तिको अहङ्कार बढ्न नदिन सञ्चारमाध्यम र नागरिक समाजको रचनात्मक निगरानी आवश्यक छ,’ परियारले भने।

 

Previous Post

कर्णालीबाट जडीबुटी निकासी गरी ४ करोडभन्दा बढी राजस्व सङ्कलन

Next Post

प्रयागराजमा जमिनमुनि गाडिएका तीनवटा नीलो ड्रममा करोडौँ रुपैयाँ

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav