• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बारामा डिजेल ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते

रिजन खड्का by रिजन खड्का
१३ कार्तिक, २०८३
A A
बारामा डिजेल ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते
0
SHARES
0
VIEWS

रौतहट, १३ कात्तिक। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको टाउको, हात, खुट्टा र आँखामा चोट लागेको छ। सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो करिब १२ बजे जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जमा नेपाल आयल निगमको डिपो नजिकै हेटौँडा–पथलैया सडकखण्डमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल ट्यांकर र वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ ख १९९३ नम्बरको ईभी हाइस एकआपसमा ठोक्किएका थिए। सोही क्रममा ईभीको पछाडिबाट आइरहेको अनटेस्ट मोटरसाइकलसमेत ईभीमा ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा ट्यांकर चालक बारा जितपुर सिमरा–१६ का ५० वर्षीय चेतनाथ खरेल, ईभी चालक कास्की पोखरा–५ का ३८ वर्षीय आशिष मल्लसहित ईभीमा सवार यात्रुहरू घाइते भएका छन्।

घाइते हुनेमा वीरगञ्ज–२ की ४५ वर्षीया समिना खातुन र उनकी करिब २५ वर्षीया छोरी सखीना खातुन, जितपुर सिमराकी २२ वर्षीया आशिका श्रेष्ठ, पोखरा–१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री, भारत बिहार पूर्वी चम्पारणका ७० वर्षीय नवल किशोर साह, बाराको प्रसौनी–२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार तथा भारत पश्चिम बंगालकी २६ वर्षीया साबनि दास रहेका छन्। मोटरसाइकल चालक सुनसरी धरान–१६ का २४ वर्षीय सरोज गुभाजु पनि घाइते भएका छन्।

घाइतेहरूको अमलेखगञ्जस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। केही घाइतेलाई नोभाकेयरमा समेत उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ईभी हाइस सडकमा चल्न नसक्ने अवस्थामा पुगेको थियो। घटनास्थलमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट वरिष्ठ प्रहरी नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमान्डमा ट्राफिकसहितको टोली खटिएको थियो।

प्रहरीका अनुसार दिउँसो १ बजेर ५५ मिनेटमा सडकको दुवैतर्फको आवागमन पुनः सञ्चालन गरिएको छ। दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन्।

यसैबीच, चक्रवातको प्रभावका कारण मौसम प्रतिकूल रहेकाले सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय बाराले चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले तीव्र गति र लापरबाहीबाट हुने दुर्घटनाबाट बच्न सुरक्षित रूपमा यात्रा गर्नसमेत अनुरोध गरेको छ। ए आईको मद्दतले तयार पारिएको सांकेतिक तस्वीर।

Previous Post

भोटेकोशी विपद् प्रतिकार्यमा सुरक्षा निकायबीच कुनै दुविधा छैनः डीआईजी ढकाल

Next Post

अति कम विकसित मुलुकबाट नेपालको स्तरोन्नति सन् २०२९ सम्मका लागि स्थगित

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav