• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भोटेकोशी बाढीबारे राष्ट्रिय सभामा सांसदहरूको चिन्ता, राष्ट्रिय शोक दिवस घोषणा गर्न माग

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१६ भदौ, २०८३
A A
भोटेकोशी बाढीबारे राष्ट्रिय सभामा सांसदहरूको चिन्ता, राष्ट्रिय शोक दिवस घोषणा गर्न माग
0
SHARES
0
VIEWS

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बेपत्ता नागरिकको खोजीलाई तीव्र बनाउन, प्रभावकारी रूपमा राहत वितरण गर्न तथा ‘राष्ट्रिय शोक दिवस’ घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।

बैठकमा बोल्दै सांसद कमला पन्तले मनसुनजन्य विपद्का विषयमा संसद्मा पटक–पटक पूर्वसावधानी अपनाउन ध्यानाकर्षण गराउँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाइन् । जलवायु परिवर्तनका कारण यस्ता विपद्को जोखिम बढ्दै गएको भन्दै उनले चेतावनीलाई बेवास्ता नगरी तत्काल उद्धारमा राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरिन् ।

सांसद मदनकुमारी शाहले बाढीका कारण ९ सयभन्दा बढीको मृत्यु र हजारौँ नागरिक बेपत्ता भएको जानकारी दिँदै १७ हजारभन्दा बढी बालबालिका प्रभावित भएको बताइन् । उनले ‘अरूको विकासका कारण हामीले विनाश भोग्नुपरेको’ उल्लेख गर्दै राष्ट्रिय झण्डा झुकाएर शोक व्यक्त गर्न तथा सेल्टरमा रहेका महिला र बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन माग गरिन् ।

अर्का सांसद युवराज शर्माले नेपालको कमजोर पूर्वसूचना प्रणालीलाई अत्याधुनिक बनाउनुपर्नेमा जोड दिए । उनले प्रचारभन्दा पनि परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिँदै राहत तथा पुनर्स्थापनामा ढिलाइ भए महामारीको अर्को संकट निम्तिन सक्ने चेतावनी दिए ।

विपद्को समयमा राहत वितरणका लागि अपनाइएको ‘एकद्वार प्रणाली’ ले पीडितलाई थप आक्रान्त बनाएको भन्दै सांसद नरबहादुर विष्टले त्यसको कडा निगरानी गर्न सरकारसँग आग्रह गरे ।

सांसद नारायणदत्त मिश्रले १५ दिनसम्म सम्पर्कमा नआएका बेपत्ता व्यक्तिलाई मृतक घोषणा गरी आवश्यक प्रक्रिया अघि बढाउन सुझाव दिए । उनले नदी किनारबाट निश्चित दूरी कायम गरेर मात्र सडक तथा भवन निर्माण गर्ने नीति ल्याउनसमेत सरकारको ध्यानाकर्षण गराए ।

सांसद जयन्तीदेवी राईले सडक, विद्युत् तथा सञ्चार सेवा विच्छेद भएका कारण प्रभावित क्षेत्रमा राहत पुर्‍याउन कठिनाइ भइरहेको बताइन् । काठमाडौं प्रवेश गरेका विस्थापितका लागि होल्डिङ सेन्टर तथा गुम्बाहरूमा उचित व्यवस्थापन गर्न उनले माग गरिन् ।

यस्तै, सांसद राजेन्द्रलक्ष्मी गैरेले सुरुङ तथा भग्नावशेषमा पुरिएका व्यक्तिको खोजीमा तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराइन् । दीर्घरोगीका लागि आवश्यक औषधिको व्यवस्था गर्नसमेत उनले माग गरिन् ।

सांसद सुरेशकुमार आले मगरले विकसित राष्ट्रहरूको पुँजीवादी विकासका कारण वातावरणीय सन्तुलन बिग्रिएको र त्यसको मूल्य नेपालजस्ता मुलुकले चुकाउनुपरेको बताए । जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन उनले सरकारसँग माग गरे ।

सांसद सोनाम ग्याल्जेन शेर्पाले विपद्को यस घडीमा सबै पक्ष एकजुट हुन आह्वान गर्दै खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाप्रति आभार व्यक्त गरे ।

बैठकमा सांसद भुवनबहादुर सुनारले मुलुक विपत्तिमा परेका बेला प्रधानमन्त्रीको मुस्ताङ भ्रमण तथा त्यहाँ भएका भेटघाटका विषयमा जनस्तरबाट उठेका आशंकाबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे ।

सांसदहरूले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

– न्युज एजेन्सी नेपाल

 

Previous Post

राहत प्रभावितसम्म पुर्‍याउन सरकार असफल भयोः सांसद युवराज शर्मा

Next Post

उद्धारमा ढिलाइ भयो, स्रोतसाधन अभाव छः झक्कुप्रसाद सुवेदी

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav