• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

फिलिपिन्सको मायोन ज्वालामुखीमा शक्तिशाली विष्फोटः ३ किलोमिटरसम्म खरानीको मुस्लो,शतर्कता स्तर ३ जारी

रिजन खड्का by रिजन खड्का
१४ कार्तिक, २०८३
A A
फिलिपिन्सको मायोन ज्वालामुखीमा शक्तिशाली विष्फोटः ३ किलोमिटरसम्म खरानीको मुस्लो,शतर्कता स्तर ३ जारी
0
SHARES
0
VIEWS

फिलिपिन्सको उत्तरी क्षेत्रस्थित अल्बे प्रान्तमा रहेको चर्चित तथा अत्यधिक सक्रिय मायोन ज्वालामुखी शुक्रबार मध्याह्न विस्फोट भएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्क्यानोलोजी एन्ड सिस्मोलोजी (फिभोल्क्स)का अनुसार स्थानीय समयअनुसार बिहान ११ः५३ बजे सुरु भएको मध्यम स्तरको विस्फोट करिब ६ मिनेटसम्म जारी रहेको थियो । विस्फोटका कारण आकाशमा तीन हजार मिटर अग्लो खरानीको मुस्लो फैलिएको छ ।

फिभोल्क्सले जारी गरेको विज्ञप्तिअनुसार विस्फोटबाट निस्किएको खरानी र धुलो पश्चिम तथा दक्षिण–पश्चिम दिशातर्फ फैलिने अनुमान गरिएको छ । विस्फोटको तीव्रता र म्याग्माको सक्रियतालाई ध्यानमा राख्दै निकायले सतर्कता स्तर २ बाट बढाएर ३ पुर्‍याएको छ ।

अधिकतम पाँच तहको मापन प्रणालीमा स्तर ३ ले ज्वालामुखी म्याग्मा विस्फोटको नयाँ चरणमा प्रवेश गरेको र आगामी दिनमा लाभा प्रवाह तथा घातक ‘पाइरोक्लास्टिक डेन्सिटी करेन्ट’को सम्भावना उच्च रहेको संकेत गर्छ ।

सम्भावित मानवीय क्षति रोक्न अधिकारीहरूले ज्वालामुखीको ६ किलोमिटर वरपर रहेको ‘स्थायी जोखिम क्षेत्र’बाट सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनलाई सिफारिस गरेका छन् ।

ज्वालामुखीको माथिल्लो तथा मध्य भूभागमा तातो लाभा र ढुङ्गासहितको बहाव तीव्र हुन सक्ने चेतावनीसमेत दिइएको छ ।

यसैगरी, खरानीको बाक्लो मुस्लो र धुवाँका कारण हवाई उडान प्रभावित हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नागरिक उड्डयन प्राधिकरणलाई सतर्क गराइएको छ । विमान चालकहरूलाई ज्वालामुखीको चुचुरो आसपासको आकाशमा उडान नगर्न र सुरक्षित हवाई मार्ग प्रयोग गर्न निर्देशन जारी गरिएको छ ।

आफ्नो लगभग पूर्ण सममित शंकु आकारका लागि विश्वभर प्रख्यात मायोन फिलिपिन्सका २४ सक्रिय ज्वालामुखीमध्ये सबैभन्दा संवेदनशील मानिन्छ । यसअघि पनि पटक–पटक भएका घातक विस्फोटका कारण यस क्षेत्रबाट हजारौँ मानिसलाई सामूहिक रूपमा विस्थापित गर्नुपरेको इतिहास छ ।

पछिल्लो विस्फोटसँगै स्थानीय विपद् व्यवस्थापन निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ ।

 

Previous Post

यमनको ताइजमा आवासीय घरहरूमाथि हवाई आक्रमणः १२ जनाको मृत्यु भएको हुथी सञ्चारमाध्यमको दाबी

Next Post

शहरको समृद्धि अग्ला भवनले होइन, कला र संस्कृतिले मापिन्छः कार्यवाहक प्रमुख डंगोल

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav