• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

१५ सुरक्षाकर्मी तैनाथ कारागारबाट ८ कैदी फरार, सुरुङ खन्दा पनि भएन निगरानी

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
१५ सुरक्षाकर्मी तैनाथ कारागारबाट ८ कैदी फरार, सुरुङ खन्दा पनि भएन निगरानी
0
SHARES
0
VIEWS

सुर्खेत । डोल्पा जिल्ला कारागारबाट आठ जना कैदीबन्दीले सुरुङ खनेर फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। कारागारमा १७ जना कैदीबन्दी रहेका बेला सुरक्षाका लागि १५ जना सुरक्षाकर्मी खटिएका थिए। तर, उनीहरूले करिब साढे चार मिटर लामो सुरुङ बनाएर शनिबार बिहान भाग्न सफल भएका हुन्।

डोल्पा कारागारमा महिला ५० र पुरुष १०० गरी कुल १५० जना राख्न सक्ने क्षमता छ। तर, घटनाका बेला त्यहाँ १७ जना मात्रै कैदीबन्दी थिए। यति कम संख्यामा कैदीबन्दी रहँदा पनि आठ जना फरार हुनुले सुरक्षा निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको छ।

फरार भएकामध्ये पाँच जना जबर्जस्ती करणी र तीन जना चोरी मुद्दामा संलग्न रहेको बताइएको छ। उनीहरूमध्ये दुई जना थुनुवा र छ जना सजाय पाएका कैदी हुन्। जेलर दीर्घराज आरसीका अनुसार दुई थुनुवा हालै कारागार आएका थिए भने अन्य कैदीले एकदेखि १२ वर्षसम्मको सजाय पाएका थिए।

फरार हुनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया, सोही नगरपालिकाको वडा नम्बर ४ का २८ वर्षीय धनबहादुर भनिने हरिबहादुर बुढा, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार छन्।

त्यसैगरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी, वडा नम्बर १० का ३२ वर्षीय रामबहादुर कामी, वडा नम्बर ३ का ३२ वर्षीय निशान भनिने अदेश भण्डारी तथा सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना पनि फरार भएका छन्।

कसरी खनियो सुरुङ ?

जेलर आरसीका अनुसार शनिबार बिहान करिब पौने ६ बजे नियमित खोजतलासका क्रममा कैदीबन्दी फरार भएको पत्ता लागेको थियो। उनीहरू बस्ने कोठासँगै सेफ्टी ट्याङ्की जोडिएको थियो। सोही क्षेत्रबाट सुरुङ खनेर कारागारको पर्खालबाहिर निस्कने बाटो बनाइएको प्रारम्भिक विवरण छ।

आरसीका अनुसार कैदीबन्दीले सुरुङको बाहिर निस्कने भाग पर्खालबाहिर पर्ने गरी खनेका थिए। फरार भएका सबै एउटै कोठामा बस्दै आएका थिए।

घटनाका बेला कारागारमा रहेका अन्य नौ जना कैदीबन्दीले पनि सुरुङ खनेको विषयमा आफूहरूलाई जानकारी नभएको बताएका छन्। सुरक्षामा खटिएका प्रहरीलाई समेत यसबारे कुनै जानकारी नभएको जेलरको भनाइ छ।

राति पानी परेको र विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थालाई जेलरले घटनाको सम्भावित पृष्ठभूमिका रूपमा उल्लेख गरेका छन्। उनका अनुसार कैदीबन्दीले सुरक्षाकर्मीको पोस्टबीचको भागबाट सुरुङ खनेका थिए। एउटा पोस्ट करिब २० देखि २१ फिट अग्लो रहेकाले रातको समयमा भुइँतर्फको गतिविधि देख्न कठिन हुने गरेको उनले बताएका छन्।

सुरुङको लम्बाइ ४.४३ मिटर रहेको बताइएको छ। घटनास्थलमा एउटा रडसमेत भेटिएको छ। जेलरका अनुसार उक्त रड झ्यालबाट निकालिएको हुन सक्ने देखिएको छ। अन्य सामग्री प्रयोग गरेर सुरुङ खनिएको विषयमा भने स्पष्ट जानकारी प्राप्त भएको छैन।

कारागारको भौतिक संरचना र सुरक्षा व्यवस्थापन पनि कमजोर रहेको प्रारम्भिक विवरणले देखाएको छ। जेलर आरसीले कारागारको संरचना खुला कारागारजस्तै रहेको र कैदीबन्दीलाई राति शौचालय जान तथा आवतजावत गर्न सहज हुने व्यवस्था रहेको बताएका छन्।

सुरक्षा पोस्ट र सुरुङ खनिएको स्थानबीच करिब ४० देखि ४२ मिटर दूरी रहेको छ। दुई पोस्टबीचको बीच भागमा छुट्टै सुरक्षा पोस्ट नभएकाले उक्त क्षेत्र सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा नरहेको देखिएको छ।

सुरक्षा क्षेत्रका जानकारहरूले झ्यालको रड निकाल्ने, सेफ्टी ट्याङ्की भत्काउने र चार मिटरभन्दा लामो सुरुङ खन्ने क्रममा आवाज तथा गतिविधि हुन सक्ने भन्दै नियमित गस्ती र निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएका छन्। उनीहरूका अनुसार सुरक्षाकर्मीको सतर्कता, कमजोर पूर्वाधार र कमान्ड तथा नियन्त्रण प्रणालीको अभावले यस्तो घटना निम्त्याएको हुन सक्छ।

जेलर आरसीले भने घटना आफूले कल्पना नगरेको बताएका छन्। कैदीबन्दी फरार भएको जानकारी पाएलगत्तै जिल्ला प्रशासन, प्रहरी र अन्य सुरक्षा निकायलाई खबर गरिएको उनले बताए। घटनास्थलको निरीक्षण, मुचुल्का तयार गर्ने तथा फरार व्यक्तिको खोजी गर्ने काम अघि बढाइएको छ।

फरार कैदीबन्दीको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी करिब डेढदेखि दुई सय सुरक्षाकर्मी परिचालन गरिएको जेलरले जानकारी दिएका छन्।

जेलरको सरुवा भइसकेको थियो

कारागारका जेलर दीर्घराज आरसी पाँच वर्षदेखि डोल्पामा कार्यरत थिए। उनको सरुवा यसअघि नै जिल्ला प्रशासन कार्यालयमा भइसकेको थियो। तर, उनको स्थानमा आउने कर्मचारीले तत्काल जिम्मेवारी सम्हाल्न नमानेपछि उनी कारागारमै रहनुपरेको बताएका छन्।

आरसीका अनुसार आफूले दसैँअघि नै रमाना लिने तयारी गरेका थिए। तर, अर्को कर्मचारीले तिहारपछि मात्रै आउने बताएपछि सरुवा कार्यान्वयन हुन सकेको थिएन।

यसैबीच, डोल्पा प्रहरीले फरार आठै जना कैदीबन्दीको नाम, ठेगाना र तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ। उनीहरूको खोजी तथा नियन्त्रणमा सहयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।कारागारभित्र ४ मिटर सुरुङ खनेर आठ कैदी फरार, १७ मध्ये आठ भाग्दा  सुरक्षाकर्मीले कसरी सुइँको पाएनन् ? – Sheersha khabar

Previous Post

हतियार तस्करी प्रकरणमा पटना उच्च अदालतका वकिल पक्राउ, एनआईएको मध्यरातमा छापा

Next Post

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav