• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘हामीले जे बोल्यौँ, त्यही हुकुम हो’ भन्ने सरकारी सोच चिन्ताजनक : गगन थापा

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
‘हामीले जे बोल्यौँ, त्यही हुकुम हो’ भन्ने सरकारी सोच चिन्ताजनक : गगन थापा
0
SHARES
0
VIEWS

कांग्रेस सभापति गगन थापाले सञ्चारमाध्यममाथि प्रहरी हस्तक्षेप र पत्रकार पक्राउ गर्ने घटनाले प्रेस स्वतन्त्रता तथा विधिको शासनमाथि प्रश्न उठाएको बताएका छन्।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति अधिकारप्रति सरकारको पछिल्लो व्यवहारमाथि असन्तुष्टि जनाएका छन्। उनले सरकारको कार्यशैलीले लोकतान्त्रिक मूल्य र विधिको शासनबारे गम्भीर प्रश्न खडा गरेको बताए।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र पछि छाड्ने घटनालाई सामान्य रूपमा लिन नहुने धारणा राखे। उनका अनुसार मिडिया हाउसको प्रवेशद्वारमा प्रहरीको गाडी राखेर पत्रकार पक्राउ गरिएपछि प्रधानमन्त्रीको सचिवालयले घटनाबारे जानकारी नभएको प्रतिक्रिया दिएको थियो। तर प्रहरी प्रधान कार्यालयबाट भने प्रधानमन्त्री कार्यालयको चासोका आधारमा नियन्त्रणमा लिइएको विवरण आएको उनले उल्लेख गरे।

थापाले पक्राउ गर्नु र पछि रिहा गर्नु मात्र घटनाको मुख्य पक्ष नभएको बताए। सरकारको प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोण, अभिव्यक्ति अधिकारको बुझाइ र संविधानप्रतिको प्रतिबद्धता यस घटनाबाट प्रकट भएको उनको भनाइ थियो।

प्रहरी आफैँले कुनै पूर्वनिर्देशनबिना सञ्चारमाध्यमको न्यूजरुममा प्रवेश गरेर पत्रकारलाई पक्राउ नगर्ने दाबी गर्दै उनले यस्तो कार्य माथिल्लो तहको आदेशमा भएको हुन सक्ने बताए। उनका अनुसार सुरुमा पक्राउ गर्न निर्देशन दिने र चौतर्फी विरोध भएपछि छाड्न निर्देशन दिने शैली लोकतान्त्रिक शासन व्यवस्थासँग मेल खाँदैन।

सरकारको कार्यशैली हुकुमी प्रवृत्तितर्फ उन्मुख भएको भन्दै थापाले त्यसप्रति चिन्ता व्यक्त गरे। शासकले आफूले बोलेको कुरा नै अन्तिम आदेश र सरकारको इच्छालाई नै कानुन ठान्न थालेमा मुलुकमा समस्या उत्पन्न हुने उनले चेतावनी दिए।

सभापति थापाले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि बहानामा अंकुश लगाउन नहुने बताए। उनले सरकारलाई आफ्नो कार्यशैली सच्याउँदै संविधान र विधिको शासनको सम्मान गर्न आग्रह गरे।

Previous Post

गोली लागेर घाइते आदित्य पासवानको आईसीयूमा उपचार, अवस्था स्थिर

Next Post

सरकारको स्वेच्छाचारिता सीमा बाहिर गयो, वक्तव्य होइन परिणाम चाहिन्छ : गगन थापा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav