• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सरकारको स्वेच्छाचारिता सीमा बाहिर गयो, वक्तव्य होइन परिणाम चाहिन्छ : गगन थापा

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
सरकारको स्वेच्छाचारिता सीमा बाहिर गयो, वक्तव्य होइन परिणाम चाहिन्छ : गगन थापा
0
SHARES
0
VIEWS

कांग्रेस सभापति गगन थापाले सरकारका विवादास्पद कदमप्रति सत्ता साझेदार दलहरूले औपचारिक प्रतिक्रिया दिएर मात्रै जिम्मेवारी पूरा नहुने बताएका छन्। उनले विशेषगरी रास्वपालाई ठोस कदम चाल्न चुनौती दिएका छन्।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैली स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन्। उनले सरकारका गलत निर्णय र गतिविधिमा सत्ता साझेदार दलहरूको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारका विवादास्पद कामकारबाहीप्रति देखाएको व्यवहारमा विरोधाभास रहेको टिप्पणी गरे।

विगतमा कांग्रेस गठबन्धन सरकारमा सहभागी हुँदा सरकारका गलत निर्णयविरुद्ध आफूहरूले खुलेर आवाज उठाउने गरेको उनले स्मरण गराए। त्यतिबेला रास्वपाका नेताहरू र सांसदहरूले कांग्रेसले गरेका गल्तीको जवाफ माग्ने गरेको उल्लेख गर्दै थापाले अहिले आफ्नै पार्टी सरकारमा सहभागी हुँदा त्यही मापदण्ड लागू नहुने हो भन्दै प्रश्न गरे।

सरकारका कदमप्रति असहमति जनाउँदै औपचारिक वक्तव्य जारी गर्नु मात्रै पर्याप्त नहुने उनको भनाइ थियो। रास्वपाले आफ्नो प्रतिबद्धता व्यवहारमै देखाउनुपर्ने भन्दै उनले संसदीय दलको बैठक बोलाएर प्रधानमन्त्रीलाई उपस्थित गराउन र सरकारको कार्यशैली सुधार्न स्पष्ट निर्देशन दिन चुनौती दिए।

‘हामीलाई औपचारिकता निभाउने वक्तव्य होइन, ठोस परिणाम चाहिएको छ,’ थापाले भने। उनले संसदीय दलबाट दिइएको निर्देशन कार्यान्वयनमा गएको देख्न चाहेको पनि स्पष्ट पारे।

थापाले सरकार सत्ताको बलमा निरंकुश र स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोप लगाए। कुनै पनि दल वा सरकारलाई शक्तिको आडमा विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यता उल्लंघन गर्ने छुट नरहेको उनको भनाइ थियो।

Previous Post

‘हामीले जे बोल्यौँ, त्यही हुकुम हो’ भन्ने सरकारी सोच चिन्ताजनक : गगन थापा

Next Post

‘कर्मचारीले गल्ती गरे प्रधानमन्त्री कार्यालयमा थुन्ने होइन, कानुनी प्रक्रियाबाट कारबाही गर्ने हो’ : गगन थापा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav