• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

‘कर्मचारीले गल्ती गरे प्रधानमन्त्री कार्यालयमा थुन्ने होइन, कानुनी प्रक्रियाबाट कारबाही गर्ने हो’ : गगन थापा

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
‘कर्मचारीले गल्ती गरे प्रधानमन्त्री कार्यालयमा थुन्ने होइन, कानुनी प्रक्रियाबाट कारबाही गर्ने हो’ : गगन थापा
0
SHARES
0
VIEWS

सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर दबाब दिइएको घटनाप्रति कांग्रेस सभापति गगन थापाको आपत्ति।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिँचाइ विभागका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर दबाब दिएको घटनाप्रति आपत्ति जनाएका छन्। कर्मचारीबाट गल्ती भएमा स्थापित कानुनी प्रक्रिया र सम्बन्धित निकायमार्फत अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा प्रधानमन्त्री कार्यालयबाटै स्वेच्छाचारी व्यवहार देखाइएको उनको आरोप छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहित अर्को आयोजनाका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर दबाब दिएको विषय उठाए। उनले उक्त घटनालाई आपत्तिजनक भन्दै राज्य सञ्चालनमा कानुनी प्रक्रिया पालना हुनुपर्नेमा जोड दिए।

कर्मचारीले नियमविपरीत काम गरेमा छानबिन गर्ने जिम्मेवारी राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता आधिकारिक निकायको रहेको थापाले बताए। ती निकायलाई पन्छाएर आदेशका भरमा कर्मचारीमाथि कारबाही अघि बढाउनु उचित नहुने उनको भनाइ थियो।

राज्यका स्थापित संयन्त्रलाई बेवास्ता गर्दै कर्मचारीलाई त्रसित बनाउने कार्य लोकतान्त्रिक व्यवस्थाअनुकूल नहुने उनले टिप्पणी गरे। कर्मचारीबाट गल्ती भएको आशंका भएमा प्रधानमन्त्री कार्यालयमा बोलाएर नियन्त्रणमा लिनुको सट्टा सम्बन्धित निकायबाट कानुनसम्मत अनुसन्धान गरिनुपर्ने उनले बताए।

अनुसन्धानबाट कर्मचारी दोषी ठहरिएमा प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने थापाको धारणा थियो। उनले सरकारमाथि विधिको शासन, प्रशासनिक मर्यादा र कानुनी प्रक्रियालाई बेवास्ता गर्दै स्वेच्छाचारी ढंगले अघि बढेको आरोपसमेत लगाए।

Previous Post

सरकारको स्वेच्छाचारिता सीमा बाहिर गयो, वक्तव्य होइन परिणाम चाहिन्छ : गगन थापा

Next Post

फेटा घटनाका गोली लागेर घाइते १५ वर्षीय आदित्यलाई थप उपचारका काठमाडौं लगियो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav