आइतबार रामलीला मैदानमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव लगायतले यस्तो घोषणा गरे । कांग्रेस नेता एवं लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले नोभेम्बर १ का दिन रामलीला मैदानमा ‘भोट बचाओ देश बचाओ’ र्यालीको घोषणा गरेका थिए । सोही कारण हजारौँ मानिस मैदानमा भेला भएका छन् ।
भेलालाई सम्बोधन गर्दै कांग्रेस अध्यक्ष खड्गेले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले युवा, महिला र दलितहरूको मत खोस्ने प्रयासको विरोध गर्न हामी यहाँ भेला भएका छौँ।’
उनले थप भने, ‘प्रधानमन्त्री मोदीले आफ्नो चेला स्थापित गर्नुभएको छ र सबैको मत विभाजन गर्ने काम गरिरहनुभएको छ। हामी आज यहाँ त्यो ज्ञानेश कुमारलाई हटाउन आएका छौँ। उहाँलाई नहटाएसम्म हामी रोकिने छैनौँ।’
खड्गेले ज्ञानेश कुमार भूमिगत भए पनि उनलाई बाहिर निकाल्ने चेतावनी दिए । ‘प्रधानमन्त्री मोदी, तपाईं मानिसहरूलाई धम्काउन सीबीआई र ईडी प्रयोग गर्नुहुन्छ। तपाईंले यी एजेन्सीहरू प्रयोग गरिरहनुभएको धम्कीबाट हामी डराउने छैनौँ,’ उनले भने ।
