• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

वैदेशिक रोजगार ठगीका फरार अभियुक्त कति ? विभागसँगै छैन यकिन तथ्यांक

रिजन खड्का by रिजन खड्का
१५ कार्तिक, २०८३
A A
वैदेशिक रोजगार ठगीका फरार अभियुक्त कति ? विभागसँगै छैन यकिन तथ्यांक
0
SHARES
0
VIEWS

पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन निर्देशन, २८ देखि ३० हजार मुद्दा विचाराधीन रहेको प्रारम्भिक विवरण

१५ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर लामो समयदेखि सम्पर्कविहीन रहेकाहरूको वास्तविक संख्या पत्ता लगाउन वैदेशिक रोजगार विभागलाई कठिन भएको छ । पुराना मुद्दाको अभिलेख व्यवस्थित नहुँदा फरार अभियुक्तको यकिन तथ्यांक विभागसँग उपलब्ध छैन ।

विभागले पक्राउ पुर्जी जारी भएका तर सम्पर्कमा नआएका व्यक्तिलाई ३५ दिनभित्र उपस्थित हुन सूचना जारी गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर गत ९ कात्तिकमा प्रकाशित सूचनामा तोकिएको अवधिमा विभाग वा नेपाल प्रहरीको सम्पर्कमा नआए बैंक खाता तथा यात्रा अनुमति रोक्कालगायत कानुनी प्रक्रिया अघि बढाउने उल्लेख छ ।

तर, उक्त सूचना जारी भए पनि कति व्यक्ति पक्राउ पुर्जीपछि फरार छन् भन्ने विवरण विभागले तत्काल उपलब्ध गराउन सकेको छैन । विभागका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी २८ देखि ३० हजारसम्म मुद्दा विचाराधीन रहेको प्रारम्भिक तथ्यांक छ । यो संख्या पनि अन्तिम रूपमा पुष्टि भइसकेको छैन ।

विभागका एक अधिकारीका अनुसार विगतमा विभिन्न समयमा ठूलो संख्यामा पक्राउ पुर्जी जारी भए पनि त्यसको एकीकृत अभिलेख राखिएको छैन । अहिले पुराना फाइल खोजेर विवरण संकलन गर्ने काम भइरहेको छ । सबै अभिलेख जाँच गरेपछि मात्रै फरार अभियुक्तको संख्या यकिन गर्न सकिने विभागको भनाइ छ ।

दैनिक ४० हाराहारी नयाँ मुद्दा

विभागमा वैदेशिक रोजगार ठगीसम्बन्धी नयाँ उजुरी दर्ता हुने क्रम पनि निरन्तर छ । विभागका अधिकारीका अनुसार दैनिक औसत ४० वटा मुद्दा दर्ता हुने गरेका छन् । तीमध्ये अधिकांशमा पक्राउ पुर्जी जारी हुने गरेको छ ।

नयाँ मुद्दा थपिँदै जानु र पुराना मुद्दाको विवरण व्यवस्थित नहुनुले फरार अभियुक्तको संख्या पहिचान गर्न थप चुनौती सिर्जना गरेको छ । पक्राउ पुर्जी जारी भएको मिति, सम्बन्धित व्यक्तिको विवरण र मुद्दाको अवस्थासमेत छुट्टाछुट्टै फाइलबाट खोज्नुपर्ने भएकाले तथ्यांक संकलनमा समय लागिरहेको विभागले जनाएको छ ।

४० हजारभन्दा बढी पुराना मुद्दा डिजिटल बनाइँदै

विभागले २०६४ सालदेखि संकलित ४० हजारभन्दा बढी ठगीसम्बन्धी पुराना मुद्दाका फाइल डिजिटल अभिलेखमा राख्ने काम अघि बढाएको छ । वर्षौंदेखि कागजी फाइलमा सीमित रहेका मुद्दालाई क्रमबद्ध गर्ने, विवरण अद्यावधिक गर्ने र विद्युतीय प्रणालीमा सुरक्षित राख्ने काम भइरहेको छ ।

यसअघि पनि पुराना मुद्दाका फाइल स्क्यान गरी डिजिटल अभिलेख तयार पारिएको थियो । तर, २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा विभागमा भएको तोडफोड तथा आगजनीमा ती विवरण राखिएको उपकरण जलेर नष्ट भएपछि पुनः अभिलेखीकरण गर्नुपर्ने अवस्था आएको हो ।

विभागले चालु आर्थिक वर्षको छ महिनाभित्र पुराना मुद्दाको अभिलेखीकरण र फर्छ्योटको काम पूरा गर्ने लक्ष्य राखेको थियो । त्यसका लागि छुट्टै कर्मचारी परिचालन गरिएको छ । हालसम्म करिब चारदेखि पाँच हजार मुद्दाको विवरण अद्यावधिक भइसकेको विभागले जनाएको छ ।

डिजिटल अभिलेखीकरणका क्रममा सामान्य विवरण प्रविष्टि मात्र नभई प्रत्येक फाइलका कागजात र प्रमाणसमेत स्क्यान गरेर राख्नुपर्ने भएकाले एउटा मुद्दाको फाइल तयार गर्न करिब एक घण्टासम्म लाग्ने गरेको छ ।

विभागका अधिकारीका अनुसार सम्पूर्ण विवरण डिजिटल प्रणालीमा समेटिएपछि मुद्दाको वास्तविक संख्या र पक्राउ पुर्जी जारी भएका व्यक्तिको अवस्था पहिचान गर्न सहज हुनेछ ।

मुद्दाको चाप घटाउन वैदेशिक रोजगार ऐन संशोधनको तयारी

विभागमा वर्षौंदेखि हजारौँ मुद्दा थन्किँदा अनुसन्धान, अभियोजन र न्याय निरूपणमा समेत समस्या देखिएको छ । यही अवस्था सुधार्न सरकारले वैदेशिक रोजगार ऐन, २०६४ संशोधनको तयारी अघि बढाएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले व्यक्तिगत ठगीसम्बन्धी उजुरीको अनुसन्धान नेपाल प्रहरीले गर्ने तथा अभियोजन र न्याय निरूपण जिल्ला अदालतबाट हुने व्यवस्था प्रस्ताव गरेको छ । व्यक्तिगत ठगीका मुद्दालाई नियमित फौजदारी न्याय प्रणालीमार्फत अघि बढाउने र विभागमा रहेको मुद्दाको चाप कम गर्ने उद्देश्यले संशोधन प्रक्रिया अघि बढाइएको हो ।

यसैबीच विभागले उजुरी तथा मुद्दा व्यवस्थापनका लागि विद्युतीय प्रणालीसमेत सञ्चालनमा ल्याएको छ । श्रममन्त्री रामजी यादवले गत साउनमा उक्त प्रणालीको उद्घाटन गरेका थिए ।

नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी आवश्यक प्रमाणसहित अनलाइनबाटै दर्ता गर्न सकिन्छ । प्राप्त प्रमाणका आधारमा विभागले कारबाही प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ ।

नयाँ उजुरी दर्ता प्रणाली अनलाइनमा गए पनि विगतका मुद्दाको अभिलेख व्यवस्थित नहुँदा पक्राउ पुर्जी जारी भएका फरार व्यक्तिको संख्या पहिचानमा समस्या कायम छ । पुराना फाइलको डिजिटल अभिलेखीकरण पूरा भएपछि मात्रै यकिन तथ्यांक सार्वजनिक गर्न सकिने विभागले जनाएको छ ।

Previous Post

न्यूजरुममै पत्रकारमाथि प्रहरी धरपकड हुनु प्रेस स्वतन्त्रतामाथिको प्रहार : किरण विक

Next Post

रवि तेजाको फिल्म ‘इरुमुडी’ विवादमा, बाल कलाकारमाथि दुर्व्यवहार गरेको आरोप

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav