काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा पर्वतकी सृजना मल्ल मनोनीत भएकी छन् । उनी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर हुन् ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको निर्णयअनुसार मल्ललाई संघको अध्यक्षको जिम्मेवारी दिइएको हो ।
कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ को उपधारा १ (च) बमोजिम उनलाई मनोनयन गरिएको जनाइएको छ ।
१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले हस्ताक्षर गरेको मनोनयन पत्रमा मल्ललाई पार्टीका स्थापित मूल्य, मान्यता र सिद्धान्तअनुसार संगठन सञ्चालन गर्न निर्देशन दिइएको छ ।
उनलाई अध्यक्षको जिम्मेवारीसँगै आगामी ६ महिनाभित्र नेविसंघको महाधिवेशन सम्पन्न गराउने कार्यादेशसमेत दिइएको छ ।
