• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

मध्यपहाडी राजमार्गको दैलेख खण्डमा अलपत्र काम, श्रेष्ठ–सक्षम जेभीसँग ठेक्का तोड्ने तयारी

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
मध्यपहाडी राजमार्गको दैलेख खण्डमा अलपत्र काम, श्रेष्ठ–सक्षम जेभीसँग ठेक्का तोड्ने तयारी
0
SHARES
0
VIEWS

काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत दैलेख खण्डमा सडक स्तरोन्नतिको जिम्मा लिएर काम अघि नबढाएको श्रेष्ठ–सक्षम जेभीसँगको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया सुरु भएको छ।

पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय, दैलेखले निर्माण कम्पनीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ। निर्धारित समयभित्र काम पूरा नगरेको र सम्झौताअनुसारको प्रगति हासिल गर्न नसकेको भन्दै कार्यालयले ठेक्का किन अन्त्य नगर्ने भन्ने जवाफ मागेको हो।

कार्यालयका अनुसार दैलेखको मान्घर–स्वेडा सडक खण्ड चौडा पार्ने तथा कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने जिम्मेवारी श्रेष्ठ–सक्षम जेभीले पाएको थियो। काम सम्पन्न गर्न पटकपटक मौखिक र लिखित रूपमा आग्रह गर्दा पनि निर्माण कम्पनीले अपेक्षित सक्रियता नदेखाएको आयोजनाको भनाइ छ। सम्झौतामा उल्लेखित कार्यतालिका र दायित्वअनुसार पनि काम अघि नबढेको कार्यालयले जनाएको छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ (२) र ठेक्का सम्झौताका प्रावधानलाई आधार बनाउँदै कार्यालयले १५ दिनभित्र वस्तुनिष्ठ तथा विश्वसनीय कारणसहित उपस्थित हुन कम्पनीलाई भनेको छ।

निर्धारित अवधिमा चित्तबुझ्दो जवाफ नआए ठेक्का सम्झौता रद्द गरिने आयोजना कार्यालयले चेतावनी दिएको छ। त्यसपछि निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (८) अनुसार कार्यसम्पादन जमानत जफत गर्ने प्रक्रिया अघि बढाइनेछ।

बाँकी निर्माण कार्य अन्य माध्यमबाट सम्पन्न गराउँदा लाग्ने अतिरिक्त खर्चसमेत सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुल गरिने कार्यालयले जनाएको छ।

878859999_1171520988740463_3091774663280344556_n

Previous Post

अवैध आयातित र प्लास्टिकका फूल नियन्त्रण गर्न झापा प्रशासनको निर्देशन

Next Post

बागलुङ प्रहरी कार्यालयमा नौ करोडभन्दा बढी लागतमा चार नयाँ भवन निर्माण, वर्षौँदेखिको आवास समस्या समाधान

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav