• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

बागलुङ प्रहरी कार्यालयमा नौ करोडभन्दा बढी लागतमा चार नयाँ भवन निर्माण, वर्षौँदेखिको आवास समस्या समाधान

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
बागलुङ प्रहरी कार्यालयमा नौ करोडभन्दा बढी लागतमा चार नयाँ भवन निर्माण, वर्षौँदेखिको आवास समस्या समाधान
0
SHARES
0
VIEWS

बागलुङ — जिल्ला प्रहरी कार्यालय बागलुङमा प्रहरी कर्मचारीको आवासदेखि हिरासत र प्रशासनिक कामकाजसम्मका लागि चार वटा नयाँ भवन निर्माण भएका छन्। सङ्घीय सरकारको प्रहरी पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत नौ करोड ७१ लाख ९३ हजार ५०० रुपैयाँको लागतमा भवन तथा अन्य संरचना निर्माण गरिएपछि प्रहरीको लामो समयदेखिको भौतिक पूर्वाधार अभाव अन्त्य भएको छ।

यसअघि साँघुरो र पुरानो भवनबाट प्रशासनिक काम, प्रहरी आवास, हिरासत व्यवस्थापन तथा हातहतियार भण्डारण गर्नुपर्ने अवस्था थियो। पर्याप्त आवासको व्यवस्था नहुँदा केही प्रहरी कर्मचारी निजी भाडाका कोठामा बस्दै आएका थिए। नयाँ संरचना निर्माण भएपछि उनीहरू कार्यालय परिसरभित्रै बस्न पाउने भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईँका अनुसार एउटै पुरानो भवनबाट विभिन्न प्रकृतिका काम सञ्चालन गर्नुपर्दा प्रहरीको दैनिक कार्यसम्पादनमा कठिनाइ हुँदै आएको थियो। अहिले ब्यारेक, हिरासत कक्ष, वरिष्ठ प्रहरी अधिकृतको आवास र कार्यालय प्रमुखको निवाससहितका संरचना तयार भएका छन्।

निर्माण योजनाअन्तर्गत ब्यारेक, हिरासत भवन, प्रहरी अधिकृतका आवासीय भवन, मोटर ग्यारेज, सुरक्षा पर्खाल र प्रवेशद्वार निर्माण गरिएको छ। पुरानो कार्यालय भवनको समेत मर्मतसम्भार तथा सौन्दर्यकरण गरिएको छ।

नवनिर्मित ब्यारेक भवनमा प्रहरी कर्मचारीका लागि आवास, मेस र भण्डारकक्षको व्यवस्था गरिएको छ। दुई तलाको उक्त भवन आठ हजार ६७१ वर्गफिट क्षेत्रफलमा फैलिएको छ। यहाँ एकैपटक १४० जना प्रहरी कर्मचारी बस्न सक्ने क्षमता रहेको छ। महिला प्रहरीका लागि पनि छुट्टै सुविधासम्पन्न ब्यारेक निर्माण गरिएको छ।

त्यसैगरी, हिरासत व्यवस्थापनलाई व्यवस्थित बनाउन महिला र पुरुषका लागि अलग-अलग हिरासत कक्ष तयार गरिएको छ। हिरासत भवनमा सुरक्षा कक्ष, भेटघाट कक्ष, नाबालिगका लागि दुई वटा छुट्टै कक्ष, अन्तर्वार्ता कक्ष तथा हातहतियार भण्डारण कक्षसमेत राखिएको छ। शौचालयको सुविधासहित निर्माण गरिएका नयाँ हिरासत कक्षले थुनुवाको व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

प्रहरी अधिकृत तथा कार्यालय प्रमुखका लागि दुई वटा आवासीय भवनसमेत निर्माण गरिएका छन्। यसअघि जिल्ला प्रहरी कार्यालयका प्रमुखको निवास पुरानो अञ्चल प्रहरी कार्यालयबाट सञ्चालन हुँदै आएको थियो।

नयाँ भवन र सुविधाले प्रहरीको कार्यसम्पादन, सुरक्षा व्यवस्थापन तथा नागरिकलाई प्रदान गरिने सेवामा सुधार आउने प्रहरीको विश्वास छ। व्यवस्थित आवास र कार्यस्थल उपलब्ध हुँदा प्रहरी कर्मचारीको मनोबलसमेत उच्च हुने अपेक्षा गरिएको छ।

यद्यपि, जिल्ला प्रहरी कार्यालयको पूर्वाधारमा सुधार आए पनि जिल्लाका अन्य प्रहरी चौकीको अवस्था भने अझै चुनौतीपूर्ण छ। बागलुङका १५ वटा प्रहरी चौकी अहिले पनि भाडाका भवनबाट सञ्चालन भइरहेका छन्।

प्रहरी उपरीक्षक प्रसाईँका अनुसार जिल्लाका आठ वटा प्रहरी चौकीसँग आफ्नै जग्गा छैन। बाँकी सात वटा चौकीको जग्गा भए पनि भवन निर्माण हुन सकेको छैन।

जिल्लाको मुख्य प्रवेशद्वारका रूपमा रहेको मालढुङ्गास्थित प्रहरी चौकी भवन अभावमा विगत चार वर्षदेखि घाटको सत्तलबाट सञ्चालन हुँदै आएको छ। उक्त चौकीका लागि भने हालै नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ।

Previous Post

मध्यपहाडी राजमार्गको दैलेख खण्डमा अलपत्र काम, श्रेष्ठ–सक्षम जेभीसँग ठेक्का तोड्ने तयारी

Next Post

तिहारका लागि ६४ करोडभन्दा बढीको झिलिमिली बत्ती आयात, मूल्य बढ्ने संकेत

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav