सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीबारे छलफल गर्नुपर्ने भएको भन्दै छठपछि संसद् बैठक बोलाउन सरकारसँग माग गरेका छन्।
नेकपा सांसद युवराज दुलालका अनुसार बैठकमा हालै देशमा भइरहेका पछिल्ला घटनाहरू, स्वतन्त्र न्यायालय र बिचौलियाबीचका सम्बन्ध, स्वतन्त्र मिडियामाथि सरकारको आतंक र धरपकड, विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण, बढ्दो महँगीले जनजीवनमा पारेका असर र राष्ट्रियताका विषयमा पेचिला सवालहरू संसद्मा छलफल गर्नुपर्ने भएकाले संसद् बैठक छठलगत्तै आह्वान गर्न सरकारसँग माग गर्ने सहमति भएको बताएका छन्।
वर्तमान सरकारले राज्यका हरेक संवैधानिक अंगलाई गिजोल्ने र एकपछि अर्को विवादित निर्णय गर्ने गरेको भन्दै त्यसबारे छलफल गर्न संसद् बैठक आवश्यक भएको निष्कर्षमा विपक्षी दलहरू पुगेका छन्
