• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विवादमा जोडिएका न्यायाधीशमाथि तत्काल छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

रिजन खड्का by रिजन खड्का
१६ कार्तिक, २०८३
A A
विवादमा जोडिएका न्यायाधीशमाथि तत्काल छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग
0
SHARES
0
VIEWS

काठमाडौं, १६ कात्तिक । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक रूपमा प्रश्न र आरोपको घेरामा परेका न्यायाधीशहरूमाथि तत्काल निष्पक्ष छानबिन गर्न माग गरेको छ।

संस्थाले सोमबार विज्ञप्ति जारी गर्दै नैतिकता तथा न्यायिक आचारसंहिता उल्लंघनको आरोप लागेका न्यायाधीशहरूको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको हो।

सञ्चारमाध्यममा आएका समाचारमा नाम जोडिएका र सार्वजनिक रूपमा स्पष्टीकरण दिइसकेका न्यायाधीशहरूलाई समेत प्रश्नहरूको निरूपण नभएसम्म न्यायसम्पादनको जिम्मेवारीबाट अलग रहन संस्थाले सुझाव दिएको छ।

विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष, बिचौलिया वा प्रभावशाली व्यक्तिहरूसँग न्यायाधीशले भेटघाट गर्नु अथवा सम्पर्कमा रहनु न्यायिक आचारसंहिताको दृष्टिले अनुचित हुने संस्थाको भनाइ छ। यस्ता विषयमा ढिलाइ नगरी छानबिन प्रक्रिया अघि बढाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक स्पष्टीकरणले मात्रै न्यायाधीशहरूमाथि उठेका गम्भीर प्रश्नहरूको समाधान नहुने जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “उठेका प्रश्नहरू गम्भीर प्रकृतिका भएका र न्यायालयको आमूल सुधार अत्यावश्यक रहेको तथ्य जगजाहेर रहेको सन्दर्भमा आक्षेप लागेका व्यक्तिहरूले दिएका सार्वजनिक स्पष्टीकरणहरूले मात्र उठेका प्रश्नहरूको समाधान दिन सक्ने अवस्था देखिँदैन।”

संस्थाले न्यायाधीशहरूमाथि उठेका प्रश्नको अनुसन्धान र छानबिन गर्ने जिम्मेवारी संसद्को रहेको उल्लेख गर्दै तत्काल संसदीय समितिमार्फत अनुसन्धान गर्न माग गरेको छ।

त्यसैगरी, आरोपमा जोडिएका सम्बन्धित न्यायाधीशहरूको सम्पत्तिसमेत छानबिन गर्नुपर्ने संस्थाको माग छ। न्यायालयप्रतिको जनविश्वास कायम राख्न आरोपको निष्पक्ष अनुसन्धान र आवश्यक निर्णय प्रक्रिया अघि बढाउनुपर्नेमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जोड दिएको छ।

 

Previous Post

अमेरिकी किसानका लागि ट्रम्प सरकारको १५ अर्ब डलरभन्दा बढीको सहायता प्याकेज

Next Post

मोटरसाइकल जाँच गर्दा भारतीय नागरिकको साथबाट १० लाख नगद बरामद

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav