मंगलबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा फिस्टेल एयरमा चालक दलसहित तीनजना सवार थिए। मृत्यु हुनेमा भारतको तमिलनाडु राज्य, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडु छन्। उनको शव प्रभु एयरको हेलिकप्टरमार्फत बिसुगार्ड, लुक्ला ल्याइएको छ।
घाइते हुनेहरूमा ४९ वर्षीय सेलिशकुमार पटेल (न्युजिल्यान्ड), फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी छन्।
घाइतेमध्ये पटेल र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ। डाइनेस्टी एयरका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ।
