काठमाडौं । करिब दुई साताको अन्तरालपछि प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
लामो समयपछि बस्न लागेको बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
