• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

रसुवा बाढीमा बेपत्ता बीमितको दाबी भुक्तानीमा सहजता, मृत्यु दर्ता अनिवार्य नहुने

रिजन खड्का by रिजन खड्का
१७ कार्तिक, २०८३
A A
रसुवा बाढीमा बेपत्ता बीमितको दाबी भुक्तानीमा सहजता, मृत्यु दर्ता अनिवार्य नहुने
0
SHARES
0
VIEWS

बाढी प्रभावित बीमितको दाबी प्रक्रिया सरल बनाउन बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ८ बुँदे निर्देशन दिएको छ ।
मृत्यु वा बेपत्ता पुष्टि गर्न स्थानीय तहको सिफारिस र अदालतको न्यायिक घोषणालाई आधार मान्न सकिनेछ ।
बीमाशुल्क तथा कर्जाको किस्ता बुझाउन नसकेकालाई ६ महिनासम्म ब्याज र जरिवाना नलिई समय थप गर्नुपर्ने व्यवस्था गरिएको छ ।

काठमाडौं । रसुवा बाढीबाट प्रभावित बीमित तथा उनीहरूका परिवारलाई बीमा रकम प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले नयाँ व्यवस्था लागू गरेको छ । प्राधिकरणले जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई आठ बुँदे निर्देशन जारी गर्दै दाबी भुक्तानी, बीमालेख कर्जा र किस्ता भुक्तानी प्रक्रियालाई सरल बनाउन भनेको हो ।

गत भदौ १० गते भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट प्रभावित बीमितको हितलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । नयाँ निर्देशनले मृत्यु दाबी, बीमालेख समर्पण, कर्जा तथा परिपक्व बीमा रकम भुक्तानीमा देखिने प्रशासनिक झन्झट घटाउने अपेक्षा गरिएको छ ।

प्राधिकरणले जारी गरेको निर्देशनअनुसार बीमा दाबी गर्न लामो प्रक्रियाबाट गुज्रिनुपर्ने छैन । बीमितको नाम, मृत्यु भएको मिति र कारण, बीमालेख नम्बर तथा दाबी गर्ने व्यक्तिसँगको नाता खुलाएर सामान्य निवेदन पेस गरे पुग्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, दाबीकर्ताको पहिचान र नाता प्रमाणित गर्न नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपुर्जाजस्ता सरकारी कागजातलाई मान्यता दिनुपर्नेछ ।

मृत्यु वा बेपत्ता भएको पुष्टि गर्ने प्रयोजनका लागि स्थानीय तहको सिफारिस अथवा अदालतबाट भएको न्यायिक घोषणालाई आधिकारिक प्रमाणका रूपमा स्वीकार गर्न कम्पनीहरूलाई निर्देशन दिइएको छ । यसले बाढीमा परिवारका सदस्य गुमाएका वा बेपत्ता भएका व्यक्तिका हकवालालाई दाबी प्रक्रियामा राहत पुग्ने अपेक्षा गरिएको छ ।

बाढीका कारण बीमालेखको सक्कल प्रति नष्ट भएको अवस्थामा पनि बीमा रकम प्राप्त गर्न अवरोध गर्न नपाइने व्यवस्था गरिएको छ । कम्पनीको आफ्नै अभिलेखमा रहेको विवरणका आधारमा दाबी भुक्तानी प्रक्रिया अघि बढाउनुपर्नेछ । बीमितले प्रतिलिपि माग गरेमा कम्पनीले कुनै शुल्क नलिई बीमालेख उपलब्ध गराउनुपर्नेछ ।

त्यसैगरी, कम्पनीका अभिलेख तथा कागजातसमेत बाढीमा नष्ट भएको अवस्थामा बीमित र बीमा अभिकर्ताले उपलब्ध गराउने विवरणका आधारमा अभिलेख पुनः तयार तथा अद्यावधिक गर्न सहयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

आर्थिक रूपमा प्रभावित बीमितलाई थप राहत दिन बीमाशुल्क र बीमालेख कर्जाको किस्ता भुक्तानीमा पनि सहुलियत दिइएको छ । किस्ता तिर्न नसक्ने बीमितलाई थप ६ महिनाको समय उपलब्ध गराउनुपर्ने र उक्त अवधिमा ब्याज तथा जरिवाना लिन नपाइने व्यवस्था गरिएको छ ।

बेपत्ता बीमितको हकमा पनि दाबी भुक्तानीलाई सहज बनाइएको छ । हकवालाले बेपत्ता व्यक्ति पछि जीवित अवस्थामा फेला परेमा प्रचलित कानुनअनुसार हुने सजाय स्वीकार गर्ने व्यहोराको स्वघोषणा गरेपछि मृत्यु दाबी भुक्तानी प्रक्रिया अघि बढाउनुपर्नेछ ।

प्राधिकरणको यो व्यवस्थाले बाढीका कारण कागजात गुमाएका, परिवारका सदस्य बेपत्ता भएका तथा आर्थिक संकटमा परेका बीमित परिवारलाई बीमा रकम प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

Previous Post

पापडी चाटको स्वाद र स्वास्थ्य : स्वादसँगै सन्तुलन र स्वच्छता पनि आवश्यक

Next Post

महिला भेट्न गएका असईले चलाए गोली, एकजनाको मृत्यु, तीन घाइते

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav