प्रहरीले उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ रङ गाउँस्थित एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा फेला पारेको हो।
कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट सुरुङ खनेर फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा स्थानीयको घरमा लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार छन्।
रोकाय जबर्जस्ती करणीसम्बन्धी कसुरमा आठ वर्ष कैद सजाय तोकिएका कैदी हुन्। परियार नकबजनी चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय पाएका व्यक्ति हुन्।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना मंगलबार पक्राउ परेका थिए।
कारागारबाट फरार भएका आठ जनामध्ये चारजना पक्राउ परिसकेको र बाँकी चारजनाको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठोरले बताएका छन्।
