मिश्री बुधबार बिहान काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। नेपाल र भारत दुवै पक्षले प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर दोस्रो सातामा गराउने गरी तयारी अघि बढाएको स्रोतले जनाएको छ। प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका परराष्ट्र सचिव अमृतकुमार राईसँग द्विपक्षीय वार्ता गर्नेछन्। यसका अतिरिक्त उनले नेपालका उच्चस्तरीय सरकारी पदाधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ।
दुई देशका अधिकारीबीच हुने वार्तामा नेपाल–भारत सम्बन्धका समग्र विषयमा समीक्षा हुनेछ। साथै, आपसी हित र चासोका विभिन्न मुद्दामा विचार आदानप्रदान गर्ने तथा दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतीय विदेश सचिव मिश्रीको भ्रमणलाई प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणको तयारीका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
काठमाडौंमा हुने भेटवार्ता तथा औपचारिक कार्यक्रम सम्पन्न गरेपछि मिश्री भोलिपल्टै नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ।
