बससेवाले तिहार र छठमा ‘लाइन होइन, अनलाइन रोजौँ’ भन्दै बुधबारदेखि सबै रुटमा अग्रिम टिकट बुकिङ खुला गरेको जनाएको छ।
अग्रिम टिकट बुकिङ गर्दा ग्राहकलाई विशेष छुटको समेत व्यवस्था गरिएको छ। बससेवाका असिस्टेन्ट म्यानेजर दीपक बिकेका अनुसार तिहार तथा छठको अवसरमा बस टिकट बुकिङ गर्दा प्रत्येक यात्रुले १०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन्। साथै, तिहारका लागि प्रोमो कोड TIHAR2083 र छठका लागि CHHATH2083 प्रयोग गर्नुपर्नेछ।
यस्तै, यात्रुको सुरक्षाका लागि बससेवाले यात्रा बीमाको पनि व्यवस्था गरेको जनाएको छ। बीमासहित सुरक्षित यात्राको अनुभव लिन बससेवाले यात्रुलाई आग्रह गरेको छ। यसका लागि टिकट बुकिङसँगै वैकल्पिक यात्रा बीमा सुविधा लिन सकिनेछ। यात्रुहरूले आफ्नो रोजाइअनुसार एक लाख, तीन लाख र पाँच लाख रुपैयाँसम्मको बीमा सुविधा छनोट गर्न सक्नेछन्।
बससेवा नेपालमा अनलाइन बस टिकट उपलब्ध गराउने अग्रणी कम्पनी हो। बससेवाले एक दशकभन्दा बढी समयदेखि नेपालका ७० भन्दा बढी जिल्लामा सञ्चालन हुने अत्याधुनिक र सुविधासम्पन्न बसहरूको टिकट उपलब्ध गराउँदै आएको छ।
