• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्न्यास, सम्झनलायक पाँच प्रदर्शन

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
अन्तर्राष्ट्रिय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्न्यास, सम्झनलायक पाँच प्रदर्शन
0
SHARES
1
VIEWS

१८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले १४ वर्षभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट मंगलबार सन्न्यास लिएका छन्। आक्रामक ब्याटिङ र तीव्र रन गति बनाउने क्षमताका लागि परिचित म्याक्सवेलले अस्ट्रेलियाका लागि तीनै प्रारूपमा खेलेका थिए।

उनले सात टेस्ट, १४९ एकदिवसीय र १३० टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। एकदिवसीयमा ३ हजार ९९० रन बनाएका म्याक्सवेलको स्ट्राइक रेट १२६.७ थियो।

८०० भन्दा बढी बल खेलेका ब्याटरमध्ये यो प्रारूपकै उच्च स्ट्राइक रेट हो। टी–२० अन्तर्राष्ट्रियमा उनले २ हजार ८९७ रन बनाएका छन्।

उनी अस्ट्रेलियाका लागि यस प्रारूपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्।

म्याक्सवेलले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ब्याटिङ र बलिङ दुवैबाट सम्झनलायक प्रदर्शन गरेका छन्। उनका पाँच उत्कृष्ट प्रदर्शनबारे यहाँ चर्चा गरिएको छ।

१. अफगानिस्तानविरुद्ध अविजित २०१ रन, २०२३

सन् २०२३ को एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध म्याक्सवेलले खेलेको अविजित २०१ रनको इनिङ्स उनको करियरकै सबैभन्दा चर्चित प्रदर्शनमध्ये एक हो।

मुम्बईमा भएको खेलमा अफगानिस्तानले इब्राहिम जद्रानको शतक र राशिद खानको आक्रामक ब्याटिङको मद्दतमा पाँच विकेट गुमाएर २९१ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाले सुरुवातमै विकेट गुमायो। म्याक्सवेल क्रिजमा पुग्दा अस्ट्रेलियाको स्कोर ५ विकेटमा ४९ रन थियो र पछि ९१–७ को अवस्थामा पुग्यो।

नूर अहमदको बलमा एलबीडब्ल्यू आउट दिइए पनि रिभ्युबाट म्याक्सवेलले जीवनदान पाए। त्यसपछि उनले अफगानिस्तानका बलरमाथि आक्रामक ब्याटिङ गरे। मांसपेशी बाउँडिने समस्याका बाबजुद उनले १२८ बलमा २१ चौका र १० छक्कासहित अविजित २०१ रन बनाए।

प्याट कमिन्ससँग आठौँ विकेटका लागि २०२ रनको साझेदारी गर्दै म्याक्सवेलले अस्ट्रेलियालाई तीन विकेटको जित दिलाए। उक्त साझेदारीमा कमिन्सको योगदान ६८ बलमा अविजित १२ रन मात्रै थियो। अस्ट्रेलियाले १९ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो।

२. श्रीलंकाविरुद्ध अविजित १४५ रन, २०१६

सन् २०१६ मा श्रीलंका भ्रमणका क्रममा म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रियमा अविजित १४५ रन बनाएका थिए। पालेकेलेमा भएको शृंखलाको पहिलो खेलमा डेभिड वार्नरसँग ओपनिङ गरेका उनले सुरुवाती ओभरमा वार्नरलाई रन बनाउन दिए।

वार्नर आउट भएपछि म्याक्सवेलले ब्याटिङको जिम्मेवारी सम्हाले। उनले ६५ बलमा १४ चौका र नौ छक्कासहित अविजित १४५ रन बनाए।

उनको प्रदर्शनमा अस्ट्रेलियाले तीन विकेट गुमाएर २६३ रन बनाएको थियो। त्यो समयमा टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाको उच्च स्कोर थियो।

अस्ट्रेलियाले खेल ८५ रनले जितेको थियो।

३. दक्षिण अफ्रिकाविरुद्ध अविजित ६२ रन, २०२५

सन् २०२५ मा दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृंखलाको निर्णायक खेलमा म्याक्सवेलले अर्को महत्त्वपूर्ण इनिङ्स खेलेका थिए।

केर्न्समा भएको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १७३ रनको लक्ष्य दिएको थियो। जवाफमा अस्ट्रेलियाले मिचेल मार्सको ५४ रनको मद्दतमा सुरुवात गरे पनि ८८ रनमा चार विकेट गुमाइसकेको थियो। जितका लागि ५५ बलमा ८५ रन आवश्यक थियो।

त्यस अवस्थामा म्याक्सवेलले ३६ बलमा अविजित ६२ रन बनाए। उनले आठ चौका र दुई छक्का प्रहार गरे। खेलको अन्तिमभन्दा अघिल्लो बलमा लुंगी एन्गिडीलाई रिभर्स सटमार्फत चौका प्रहार गर्दै म्याक्सवेलले अस्ट्रेलियालाई दुई विकेटको जित दिलाए।

यससँगै अस्ट्रेलियाले शृंखला २–१ ले जितेको थियो।

४. भारतविरुद्ध टेस्ट शतक, २०१७

म्याक्सवेलले आफ्नो छोटो टेस्ट करियरमा एउटा शतक बनाएका थिए। सन् २०१७ मा भारतविरुद्ध राँचीमा भएको बोर्डर–गावस्कर ट्रफीको तेस्रो टेस्टमा उनले १०४ रन बनाएका थिए।

शृंखलामा १–१ को बराबरी रहेको अवस्थामा अस्ट्रेलियालाई भारतमा शृंखला जित्ने आधार बनाउन बलियो स्कोर आवश्यक थियो। कप्तान स्टिभ स्मिथले एकातिरबाट इनिङ्स सम्हालिरहेका बेला म्याक्सवेलले पनि संयमित ब्याटिङ गरे।

उनले १८५ बलमा नौ चौका र दुई छक्कासहित १०४ रन बनाए। स्मिथसँगको साझेदारीले अस्ट्रेलियालाई पहिलो इनिङ्समा ४५१ रनसम्म पुर्‍यायो।

स्मिथले १७८ रन बनाएका थिए। भारतका चेतेश्वर पुजाराले दोहोरो शतक बनाएपछि खेल बराबरीमा सकिएको थियो।

५. पाकिस्तानविरुद्ध २ रन डिफेन्ड, २०१४

म्याक्सवेल ब्याटिङमा मात्रै होइन, स्पिन बलिङमा पनि उपयोगी थिए। सन् २०१४ मा यूएईमा पाकिस्तानविरुद्ध भएको एकदिवसीय शृंखलाको तेस्रो खेलमा उनले बलिङबाट अस्ट्रेलियालाई अविश्वसनीय जित दिलाएका थिए।

२३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान जित नजिक पुगेको थियो। नवौँ विकेटका लागि सोहेल तनवीर र जुल्फिकार बाबरले महत्त्वपूर्ण साझेदारी गरेपछि पाकिस्तानलाई अन्तिम ओभरमा जितका लागि दुई रन मात्रै आवश्यक थियो।

अन्तिम ओभरको जिम्मेवारी म्याक्सवेलले पाए। उनले तनवीर र मोहम्मद इरफानलाई आउट गर्दै मेडन ओभर नै फाले। यससँगै अस्ट्रेलियाले अन्तिम बलमा एक रनको रोमाञ्चक जित हात पारेको थियो।

Previous Post

आजको मौसमः तराई र उपत्यकामा कुहिरो लाग्ने

Next Post

अमेरिकी मध्यावधि निर्वाचनले रुससँगको सम्बन्धमा कस्तो प्रभाव पार्न सक्छ ?

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav