• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

अमेरिकी मध्यावधि चुनावमा ट्रम्पलाई धक्का, दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत

रिजन खड्का by रिजन खड्का
१८ कार्तिक, २०८३
A A
अमेरिकी मध्यावधि चुनावमा ट्रम्पलाई धक्का, दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत
0
SHARES
1
VIEWS

काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीले पराजय भोगेको छ। विपक्षी डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गर्दै ट्रम्प प्रशासनलाई ठूलो राजनीतिक धक्का दिएको छ।

प्रतिनिधिसभाका कुल ४३५ सिटका लागि भएको निर्वाचनमा प्रारम्भिक नतिजाअनुसार डेमोक्रेटिक पार्टी २२७ सिटमा अगाडि देखिएको छ। त्यस्तै, रिपब्लिकन पार्टीले १४२ सिटमा अग्रता कायम गरेको छ। बहुमतका लागि आवश्यक २१८ सिटको सीमा डेमोक्रेटिक पार्टीले पार गरिसकेको छ।

सिनेटका १०० सिटमध्ये यसपटक ३५ सिटका लागि निर्वाचन भएको थियो। हालसम्म सार्वजनिक नतिजाअनुसार ३१ सिटको टुंगो लागिसकेको छ। जसमा डेमोक्रेटिक पार्टीले १९ र रिपब्लिकन पार्टीले १२ सिट जितेका छन्। बाँकी चार सिटको मतगणना जारी छ।

यसअघि प्राप्त सिटसमेत जोड्दा सिनेटमा डेमोक्रेटिक पार्टीको संख्या ५३ पुगेको छ भने रिपब्लिकन पार्टीसँग ४३ सिट रहेको छ।

यस निर्वाचनमा कन्सास राज्यमा पनि डेमोक्रेटिक पार्टीले ऐतिहासिक सफलता हात पारेको छ। करिब एक शताब्दीदेखि रिपब्लिकनको प्रभाव रहेको यस राज्यमा सन् १९३२ पछि पहिलोपटक डेमोक्रेटिक उम्मेदवार सिनेटमा निर्वाचित भएका हुन्। यसपटक एडम ह्यामिल्टनले रिपब्लिकन उम्मेदवार तथा बहालवाला सिनेटर रोजर मार्सललाई पराजित गरेका छन्।

त्यस्तै, मिसिगनमा डेमोक्रेटिक उम्मेदवार अब्दुल अल-सइद विजयी भएका छन्। उनको जितसँगै अमेरिकी इतिहासमा पहिलोपटक मुस्लिम समुदायका व्यक्ति सिनेटर निर्वाचित भएको समाचारमा उल्लेख गरिएको छ।

गभर्नर पदका लागि ३६ राज्यमा निर्वाचन भएकोमा हालसम्म ३१ राज्यको परिणाम सार्वजनिक भएको छ। प्राप्त नतिजाअनुसार डेमोक्रेटिक पार्टीले २० र रिपब्लिकन पार्टीले ११ राज्यमा जित हासिल गरेका छन्। बाँकी पाँच राज्यको मतगणना जारी छ।

‘अमेरिकी जनताले युद्धको विपक्षमा मत दिए’

अमेरिकी निर्वाचनको परिणामप्रति प्रतिक्रिया जनाउँदै इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकी मतदाताले युद्ध नचाहेको सन्देश दिएको बताएका छन्।

उनका अनुसार मतदाताले आफ्नो विवेक र दैनिक जीवनयापनसँग जोडिएका विषयलाई प्राथमिकता दिँदै युद्धको विपक्षमा मतदान गरेका हुन्। उनले अमेरिकी जनताको यस निर्णयको समर्थनसमेत गरेका छन्।

एलजीबीटीक्यू समुदायको समर्थन डेमोक्रेटिक पार्टीलाई

एनबीसी न्युजको एक्जिट पोलअनुसार एलजीबीटीक्यू समुदायका ८६ प्रतिशत मतदाताले प्रतिनिधिसभाका लागि डेमोक्रेटिक उम्मेदवारलाई मतदान गरेका छन्। त्यस्तै, १२ प्रतिशतले मात्र रिपब्लिकन उम्मेदवारलाई समर्थन गरेका छन्।

मिसिगनबाट निर्वाचित अब्दुल अल-सइदले चुनावी विजयपछि सम्बोधन गर्दै आफ्नो नाम वा धार्मिक पहिचानका कारण जनताले महँगीको समस्या भोग्नुपर्ने अवस्था नरहेको बताएका छन्।

चुनावी अभियानका क्रममा उनलाई आतंकवादसँग जोडेर प्रस्तुत गर्ने प्रयास भएको थियो। त्यसप्रति व्यङ्ग्य गर्दै उनले राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई लक्षित टिप्पणीसमेत गरे।

उनले भने, ‘मलाई तपाईंहरूलाई मेरो नाम उच्चारण गर्न कठिन हुन्छ भन्ने थाहा छ। त्यसैले जनवरीमा सिनेटरको शपथ लिएपछि मलाई सिनेटर भनेर सम्बोधन गर्न सक्नुहुन्छ।’

अश्वेत र एसियाली मतदाताको साथ डेमोक्र्याट्सलाई

निर्वाचनसम्बन्धी तथ्याङ्कले अश्वेत तथा एसियाली मूलका मतदाताको ठूलो समर्थन डेमोक्रेटिक पार्टीले प्राप्त गरेको देखाएको छ।

पूर्वराष्ट्रपति बाराक ओबामाले पनि डेमोक्रेटिक पार्टीको सफलताको स्वागत गरेका छन्। उनले अमेरिकी जनताले समाजलाई विभाजित गर्नेभन्दा एकताबद्ध बनाउने राजनीतिको अपेक्षा गरेको सन्देश निर्वाचनबाट दिएको बताएका छन्।

ट्रम्प प्रशासनको कार्यकालमा अझै दुई वर्ष बाँकी रहेकाले डेमोक्रेटिक पार्टीले देशको भविष्यलाई ध्यानमा राखेर जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ।

ट्रम्पको राजनीतिक शक्ति कमजोर हुने संकेत

सिनेट र प्रतिनिधिसभा दुवैमा डेमोक्रेटिक पार्टीको नियन्त्रण कायम भएपछि राष्ट्रपति ट्रम्पका लागि बाँकी कार्यकाल चुनौतीपूर्ण हुने देखिएको छ। संसद्मा विपक्षी दलको बहुमत भएपछि सरकारले अघि सार्ने नीति तथा कार्यक्रम पारित गराउन ट्रम्पलाई कठिनाइ हुन सक्छ।

यसैबीच, डेमोक्रेटिक पार्टीले ट्रम्पविरुद्ध तेस्रोपटक महाभियोग प्रक्रिया अघि बढाउन सक्ने सम्भावनासमेत चर्चामा आएको छ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि ट्रम्पले हार स्वीकार गर्दै डेमोक्रेटिक पार्टीसँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको बताएका छन्। तर, उनले निर्वाचनमा भएको पराजयको दोष फक्स न्युजमाथि लगाएका छन्। उक्त सञ्चारमाध्यमले लगातार डेमोक्रेटिक नेताहरूलाई प्राथमिकता दिएको उनको आरोप छ।

ट्रम्पले इरानसँग युद्धको सम्भावना र इन्धनको मूल्यवृद्धिजस्ता विषयले पनि निर्वाचनको परिणाम प्रभावित पारेको स्वीकार गरेका छन्।

Previous Post

प्रहरी नेतृत्वबाट दानबहादुर कार्की हटाइए, प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बने

Next Post

जनकपुरधाममा १२ किलोमिटर भूमिगत विद्युत् लाइन विस्तार सुरु, सहरको स्वरूप बदलिने अपेक्षा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav