काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा तय गर्न बुधबार शीर्ष नेताहरूको बैठक बोलाएको छ।
सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएको विषयसहित समसामयिक घटनाक्रममा छलफल गर्न बैठक आयोजना गरिएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेताको सहभागिता रहने पौडेलले बताए।
उनका अनुसार पछिल्ला घटनाक्रमबारे छलफल गरी पार्टीको धारणा तय गर्ने उद्देश्यले शीर्ष तहका पदाधिकारीहरूलाई बैठकमा बोलाइएको हो।
