भेटवार्ताका क्रममा दुवै देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार तथा लगानीका नयाँ अवसर पहिचान गर्ने विषयमा विचारविमर्श भएको हो।
सो अवसरमा मन्त्री साहले भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको बाढीका बेला अस्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहयोगप्रति आभार व्यक्त गरे। विपद्का समयमा अस्ट्रेलियाले देखाएको सहयोग र सद्भावको उनले प्रशंसा गरे।
भेटमा आगामी दिनमा नेपाल र अस्ट्रेलियाबीच व्यापारिक गतिविधि विस्तार गर्ने तथा दुवै देशको पारस्परिक हित हुने क्षेत्रमा सहकार्य बढाउने विषयमा समेत छलफल भएको थियो।
दुवै पक्षले आपसी सम्बन्धलाई आर्थिक साझेदारीमार्फत थप सुदृढ बनाउँदै लैजाने विषयमा जोड दिएका छन्।
