१९ कात्तिक, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि विपद् प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहायता जुट्ने क्रम जारी छ। पछिल्लो विवरणअनुसार कोषका विभिन्न खातामा १८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार बिहान ९ बजेसम्म कोषमा कुल १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ रुपैयाँ बराबरको मौज्दात पुगेको छ।
कोषका नाममा नौवटा वाणिज्य बैंकमा रहेका खातामा नेपाली रुपैयाँ १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ जम्मा भएको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा सञ्चालित अमेरिकी डलर खातामा तीन करोड १४ लाख नौ हजार ७५७ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
बाढीपछि राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन विभिन्न व्यक्ति, संस्था र निकायबाट कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ।
#PrimeMinisterReliefFund #NepalFlood #BhotekoshiFlood #DisasterRelief #NepalNews #DreamNewsNetwork
