• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

विश्वमा विश्वास पुनर्निर्माणका लागि संवाद र सहकार्य आवश्यक : एमाले सचिव शेरधन राई

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
विश्वमा विश्वास पुनर्निर्माणका लागि संवाद र सहकार्य आवश्यक : एमाले सचिव शेरधन राई
0
SHARES
0
VIEWS

२० कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव शेरधन राईले विश्वमा बढ्दै गएको अविश्वास र विभाजन अन्त्य गर्दै आपसी विश्वास कायम गर्न संवाद, सहकार्य र शान्तिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

दक्षिण कोरियाको सोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई सम्बोधन गर्दै राईले राजनीतिक विचारधारा, संस्कृति र राष्ट्रिय परिवेश फरक भए पनि विश्वका सबै देशका नागरिकको चाहना शान्ति र समृद्धि नै रहेको बताए।

उनले नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने मान्यतामा आधारित रहेको उल्लेख गर्दै सबै राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्नुपर्ने धारणा राखे। अन्तर्राष्ट्रियस्तरमा देखिएका समस्याको समाधान द्वन्द्वबाट नभई आपसी संवाद र समझदारीबाट खोजिनुपर्ने उनको भनाइ थियो।

नेपाल दुई ठूला छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको उल्लेख गर्दै राईले दुवै देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले विशेष महत्त्व दिएको बताए। नेपालको भौगोलिक अवस्थिति विभाजनको माध्यम नभई विभिन्न राष्ट्रलाई जोड्ने सेतु बन्नुपर्ने उनले उल्लेख गरे।

अन्तर्राष्ट्रिय सम्बन्धको प्रत्यक्ष लाभ सर्वसाधारणले पाउनुपर्नेमा जोड दिँदै उनले युवाका लागि रोजगारी, व्यवसायीका लागि लगानी तथा व्यापारका अवसर र विद्यार्थीका लागि शिक्षा एवं प्रविधिको पहुँच आवश्यक रहेको बताए। त्यस्तै, श्रमिकको सुरक्षा र सम्मान सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।

नेपालमा जलविद्युत् तथा स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै राईले यस क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय लगानी र आधुनिक प्रविधिको स्वागत गरिने बताए। विदेशमा रहेर काम गरिरहेका लाखौँ नेपाली श्रमिकको योगदानको प्रशंसा गर्दै उनीहरूको अधिकार, सुरक्षा र मर्यादा संरक्षण गर्नुपर्नेमा पनि उनले जोड दिए।

जलवायु परिवर्तनबाट नेपाल प्रभावित

सम्बोधनका क्रममा राईले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका गम्भीर समस्याबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।

भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा हालै आएका विनाशकारी बाढीले जनधन, जीविकोपार्जन र जनजीवनमा ठूलो क्षति पुर्‍याएको उनले स्मरण गरे। जलवायु परिवर्तनमा न्यून योगदान गरेका नेपालजस्ता मुलुकले यसको सबैभन्दा ठूलो असर भोग्नुपर्ने अवस्था अन्यायपूर्ण रहेको उनको धारणा थियो।

नेपाललाई केवल सहानुभूति नभई व्यावहारिक सहयोग, आधुनिक प्रविधि, लगानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनले बताए। जलवायु परिवर्तन कुनै एउटा देशको सीमाभित्र सीमित समस्या नभई विश्व समुदायको साझा चुनौती र जिम्मेवारी भएको उनको भनाइ थियो।

विभाजन होइन, सहकार्यको बाटो रोज्न आग्रह

राजनीतिक तथा वैचारिक मतभिन्नता भए पनि संवादका सम्भावना खुला राख्नुपर्ने उल्लेख गर्दै राईले विश्व समुदायलाई आपसी टकरावभन्दा समझदारी र द्वन्द्वभन्दा शान्तिको बाटो रोज्न आग्रह गरे।

उनले भाषा, राष्ट्रिय झण्डा र जीवनशैली फरक भए पनि मानवताको भावना तथा शान्ति र समृद्धिको चाहना सबैमा समान रहने बताए। भावी पुस्ताका लागि सुरक्षित, सुन्दर र बस्न योग्य विश्व निर्माण गर्न सबै राष्ट्रले सामूहिक प्रयास गर्नुपर्ने उनको धारणा थियो।

इतिहासमा राष्ट्र तथा समुदायबीचका विभाजनभन्दा मानवजातिले आपसी विश्वास निर्माण गर्न, शान्ति कायम राख्न र साझा भविष्य निर्माण गर्न गरेका प्रयास बढी महत्त्वपूर्ण हुने राईले उल्लेख गरे।

 

Previous Post

बागमतीको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका २५५ कर्मचारीको सरुवा

Next Post

सुक्खा पहिरोले रेमुनाङ खोला अवरुद्ध, डेढ सय मिटर लामो ताल बन्यो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav