• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

लोप हुने अवस्थामा पुगेको पुर्ख्यौली ‘फेरी’ परम्परा जोगाउँदै भोजपुरका अर्जुन जोगी

रिजन खड्का by रिजन खड्का
२० कार्तिक, २०८३
A A
लोप हुने अवस्थामा पुगेको पुर्ख्यौली ‘फेरी’ परम्परा जोगाउँदै भोजपुरका अर्जुन जोगी
0
SHARES
0
VIEWS

२० कात्तिक, भोजपुर । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत ‘फेरी’ लगाउने चलन हराउँदै जान थालेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा सक्रिय भएका छन्। नयाँ पुस्ताको आकर्षण घट्दै गए पनि उनले दुई दशकदेखि आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन्।

भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी जोगीले प्रत्येक वर्ष कात्तिक, चैत र साउन महिनामा गाउँघर पुगेर रातको समयमा फेरी लगाउने गरेका छन्। उनका अनुसार प्रत्येक महिना करिब २० देखि २५ दिनसम्म गाउँबस्ती घुमेर यो परम्परागत कर्म गर्दै आएका छन्।

स्थानीय धार्मिक मान्यताअनुसार फेरी लगाउँदा घरपरिवारमा सुख, शान्ति, समृद्धि र कल्याण प्राप्त हुने विश्वास गरिन्छ। परम्पराअनुसार जोगीहरू रातको समयमा घरघरमा पुगेर मन्त्र उच्चारणसहित धार्मिक विधिबाट फेरी लगाउने गर्छन्। स्थानीय समुदायले यसलाई आफ्नो धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडेर हेर्ने गरेका छन्।

फेरी लगाउन घरमा आउने जोगीलाई स्थानीयले आफ्नो क्षमताअनुसार चामल, धान, मकै, कोदो, नगद तथा अन्य अन्नपात दिने चलन छ। यसबाट फेरी लगाउने व्यक्तिको जीविकोपार्जनमा सहयोग पुग्नुका साथै गाउँसमाजमा पुरानो धार्मिक तथा सांस्कृतिक सम्बन्ध पनि कायम रहँदै आएको छ।

कुनै समय याङपाङमा १८ देखि २० घरपरिवारले फेरी लगाउने पेसा अपनाउँदै आएका थिए। तर, पछिल्लो समय यो संख्या घटेर दुई जनामा सीमित भएको अर्जुन जोगीले बताए।

नयाँ पुस्ता आधुनिक पेसा र जीवनशैलीतर्फ आकर्षित हुँदै जाँदा पुर्खौँदेखि चल्दै आएको परम्परा संकटमा परेको उनको भनाइ छ।

स्थानीय मौलिक संस्कृति र पुर्ख्यौली परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले आफूले फेरी लगाउने कामलाई निरन्तरता दिएको जोगीले बताए।

उनका अनुसार परम्परागत पेसाको संरक्षणका लागि नयाँ पुस्तालाई यसको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे जानकारी गराउन आवश्यक छ। समयमै संरक्षणका प्रयास नगरिए पुस्तौँदेखि चल्दै आएको फेरी लगाउने परम्परा पूर्ण रूपमा हराउन सक्ने चिन्ता उनले व्यक्त गरे।

Previous Post

आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

Next Post

रोहित अधिकारीको अभिव्यक्तिप्रति दीपकराज गिरीको आपत्ति, मानहानिको मुद्दा अघि बढाउने चेतावनी

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav