• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

भोटे कुकुर : म्याग्दीका घुम्ती गोठका भरपर्दा पहरेदार

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
भोटे कुकुर : म्याग्दीका घुम्ती गोठका भरपर्दा पहरेदार
0
SHARES
5
VIEWS

म्याग्दी । म्याग्दीका दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा भेँडाबाख्रा पालन गर्ने किसानका लागि भोटे कुकुर अभिन्न सहयोगी बनेका छन्। जङ्गली जनावरबाट पशुधन जोगाउन, हराएका पशु खोज्न र बथानलाई व्यवस्थित राख्न यी कुकुरले गोठालालाई सघाउँदै आएका छन्।

धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले आफ्नो गोठमा पाँच वटा भोटे कुकुर पालेका छन्। संयुक्त अरब इमिरेट्स (युएई) मा २० वर्ष रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले ६०० भेँडाबाख्राको सुरक्षाका लागि कुकुर राखेका हुन्।

उनका अनुसार विकट भूगोल, घना जङ्गल र अग्ला पहाडमा महिनौँसम्म गोठमा बसेर पशुपालन गर्ने किसानका लागि कुकुर केवल घरपालुवा जनावर होइनन्, भरपर्दा साथी र सुरक्षाकर्मी पनि हुन्। सयौँ पशुको हेरचाहदेखि जङ्गली जनावरको आक्रमणबाट जोगाउनसम्म कुकुरले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका घुम्ती गोठमा पशुपालन गर्ने किसानका लागि कुकुर आवश्यक सहयोगी बनेका छन्। सहरमा सोख वा सुरक्षाका लागि कुकुर पाल्ने गरिए पनि ग्रामीण तथा हिमाली भेगका किसानका लागि पशुधनको रक्षा गर्न तिनको आवश्यकता अझ बढी रहेको धवलागिरि गाउँपालिका–४ सिम्कोशका भेडापालक आस्मान पुर्जाले बताए।

उनका अनुसार गोठालाले सामान्यतया अग्लो शरीर, बलियो बनावट र ३० किलोभन्दा बढी तौल भएका कम्तीमा दुई वटा भोटे कुकुर पाल्ने गर्छन्। ती कुकुरले जङ्गली जनावरको गतिविधि आवाज र गन्धबाट थाहा पाउने तथा खतरा आउनुअघि नै संकेत गर्ने क्षमता राख्छन्। भोटे कुकुरका छाउरा प्रतिगोटा १० हजार रुपैयाँभन्दा बढीमा बिक्री हुने गरेको उनले जानकारी दिए।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ८१ वर्षीय लालवीर तिलिजा सात दशकदेखि भेँडापालनमा संलग्न छन्। उनको अनुभवमा कुकुरको साथबिना सयौँ पशुचौपायाको रेखदेख गर्न निकै कठिन हुन्छ। जङ्गली जनावरको आवाज र गन्ध पहिचान गर्ने क्षमताले गोठालाको काम सहज र सुरक्षित बनाएको उनले बताए।

गोठ आसपास चितुवा, ब्वाँसो, भालु र स्यालजस्ता जनावरको जोखिम रहने भएकाले कुकुरले रातदिन पहरा दिन्छन्। अपरिचित व्यक्ति वा जङ्गली जनावर देखेपछि चर्को स्वरमा भुकेर गोठालालाई सचेत गराउँछन्। आवश्यक पर्दा जनावरलाई लखेट्ने र प्रतिकार गर्ने भएकाले पशुधनसँगै गोठालाको सुरक्षामा पनि उनीहरूको योगदान रहने गरेको छ।

पाउद्वारकै किसान टेकजित तिलिजाका अनुसार टाढा चरनमा पुगेका भेँडाबाख्रालाई फर्काउन र हराएका पशु पत्ता लगाउन पनि कुकुर उपयोगी हुन्छन्। उनीहरूले बथानलाई एकै ठाउँमा राख्न र पशु पुगेको स्थान पत्ता लगाउन मद्दत गर्ने गरेका छन्।

मनिराम पाइजाले पनि कुकुरबिना गोठालाको जीवन कठिन हुने बताए। उनका अनुसार पशु चराउन लैजाँदा कुकुर बथानसँगै हिँड्छन्। भीरपाखामा जोखिमपूर्ण ठाउँतर्फ पशु जान नदिनेदेखि साँझ परेपछि बथानलाई गोठसम्म फर्काउने काममा समेत उनीहरू सक्रिय हुन्छन्। जङ्गली जनावर देखेपछि भुकेर सूचना दिने र आक्रमणको प्रयास भए प्रतिकार गर्ने उनीहरूको विशेषता रहेको उनले बताए।

गोठमा रहेका कुकुरलाई बिहान र बेलुका पिठोको खोले, भेँडाको दूध तथा मासु खुवाउने गरिन्छ। चरनको उपलब्धताअनुसार किसानले एउटा स्थानमा १० देखि १५ दिनसम्म गोठ राख्छन्। त्यसपछि पशु र गोठका सामानसहित अर्को खर्कतर्फ सर्छन्। गोठालासँगै कुकुर पनि यही घुम्ती जीवनशैलीमा अभ्यस्त भएका हुन्छन्।

बर्खामा धवलागिरि र अन्नपूर्ण हिमालको फेदी तथा ढोरपाटन क्षेत्रका बुकीमा पुग्ने पशुगोठ चिसो बढ्न थालेपछि बेँसीतर्फ झर्न थाल्छन्। हिमाली क्षेत्रमा पाइने चरनस्थललाई बुकी र पशु राख्ने स्थानलाई खर्क भनिन्छ। लेकमा पोषिलो घाँस खाएर हुर्किएका पशुलाई लिएर गोठाला आवश्यक बन्दोबस्तीका सामानसहित क्रमशः तल्लो क्षेत्रमा फर्किन्छन्।

म्याग्दीमा बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर पशुको मलबाट जमिनको उर्वराशक्ति बढाउने परम्परा पनि कायमै छ। धवलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ र मल्कवाङका किसान यस प्रणालीमा आबद्ध छन्। रघुगङ्गा गाउँपालिकाका कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम र ठाडाखानी तथा अन्नपूर्ण गाउँपालिकाका दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख र राम्चे क्षेत्रमा पनि घुम्ती गोठमार्फत पशुपालन हुँदै आएको छ।

आधुनिक जीवनशैली र रोजगारीका नयाँ अवसरका कारण परम्परागत घुम्ती गोठ प्रणाली चुनौतीमा पर्दै गएको छ। तर, कठिन भौगोलिक अवस्था र जोखिमपूर्ण चरन क्षेत्रमा भोटे कुकुर अझै गोठालाका विश्वासिला साथी बनेका छन्। पुस्तौँदेखि पशुधनको सुरक्षा गर्दै आएका यी कुकुरले म्याग्दीको परम्परागत पशुपालन संस्कृतिलाई निरन्तरता दिनसमेत योगदान पुर्‍याउँदै आएका छन्।

Previous Post

कुकुर तिहारमा नेपाली सेनाको डग शो, तालिमप्राप्त कुकुरले देखाए विशेष सीप

Next Post

यूएईविरुद्ध नेपाल यू-१९ टोली १५३ रनमै समेटियो

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav