• About
  • Advertise
  • Careers
  • Contact
Monday, November 9, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

कुकुर तिहारलाई विश्वस्तरमा चिनाउनुपर्छ : प्रधानमन्त्री पत्नी सबिना काफ्ले

रिजन खड्का by रिजन खड्का
२२ कार्तिक, २०८३
A A
कुकुर तिहारलाई विश्वस्तरमा चिनाउनुपर्छ : प्रधानमन्त्री पत्नी सबिना काफ्ले
0
SHARES
7
VIEWS

काठमाडौं । प्रधानमन्त्री बालेन शाहकी पत्नी सबिना काफ्लेले नेपालको मौलिक संस्कृति, परम्परा र प्रकृतिसँग मानवको सम्बन्ध झल्काउने कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्ने बताएकी छन्।

कुकुर तिहार २०८३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाली चाडपर्वमा पशुपन्छी तथा प्रकृतिप्रति सम्मान र संरक्षणको विशिष्ट सन्देश रहेको उल्लेख गरिन्। यस्ता मौलिक परम्परालाई विश्वसामु चिनाउन आवश्यक रहेको उनको भनाइ थियो।

काफ्लेले कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक उत्सवमा मात्र सीमित नराखी पशुप्रतिको प्रेम, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश फैलाउने अवसरका रूपमा लिनुपर्ने बताइन्। विश्वभर कुकुरप्रतिको आकर्षण बढिरहेका बेला कुकुरको पूजा गर्ने नेपालको परम्परालाई अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उनले उल्लेख गरिन्।

उनले कुकुर तिहारलाई एक दिनको उत्सवमा सीमित नगरी वर्षभरि नै पशु कल्याणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। कुकुरको उचित व्यवस्थापन, नियमित खोप, स्वास्थ्य उपचार र उनीहरूप्रति गरिने व्यवहारमा जिम्मेवारी अपनाउनुपर्ने उनको धारणा थियो।

नेपालका विभिन्न चाडपर्वमा प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्किने भन्दै काफ्लेले कुकुर तिहारसँगै काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्हः पूजा र छठ पर्वलाई पनि अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्ने बताइन्। वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने परम्पराले समेत प्रकृति र मानवबीचको सम्बन्ध दर्शाउने उनको भनाइ थियो।

डिजिटल प्रविधिको विस्तारसँगै मानिसबीच तथा मानव र प्रकृतिबीचको निकटता कमजोर हुँदै गएको उल्लेख गर्दै उनले नेपाली मौलिक पर्वले यी सम्बन्धलाई पुनः जोड्ने सन्देश दिन सक्ने बताइन्।

कार्यक्रममा कुकुर तिहारको विश्वव्यापी प्रचारका लागि ‘फ्रम नेपाल विथ पज’, ‘डेज अफ द डग्स’, ‘भिजिट नेपाल डग स्टे’, ‘लभ योर डग्स एभ्री डे’ र ‘कुकुर तिहार नेपाल’ लगायतका ह्यासट्याग सार्वजनिक गरिएको थियो।

काफ्लेले नीति निर्माता, सांसद, स्थानीय तहका जनप्रतिनिधि, कलाकार, सामग्री उत्पादक, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र विभिन्न देशका राजदूतलाई नेपालको यो मौलिक परम्पराको प्रचारमा सहयोग गर्न आग्रह गरिन्।

कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको एक दिन पूजा गर्ने परम्परामा मात्र सीमित गर्न नहुने बताइन्। पशुप्रति वर्षभरि नै माया, करुणा र जिम्मेवारी देखाउनुपर्ने उनको भनाइ थियो।

मन्त्री चौधरीले पशु कल्याण र मानव स्वास्थ्य एकअर्कासँग जोडिएका विषय भएको उल्लेख गर्दै रेबिज नियन्त्रण, खोप, बन्ध्याकरण र जिम्मेवार पशुपालनका लागि सरकार, स्थानीय तह तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन नेपाली दूतावास, विदेशमा रहेका नेपाली समुदाय, पर्यटन प्रवर्द्धन गर्ने निकाय र पशु कल्याणसम्बन्धी अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्न सकिने धारणा राखिन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पनि कुकुर र मानिसबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै नेपाली धर्म, संस्कृति र धर्मग्रन्थमा कुकुरको विशेष स्थान रहेको बताए।

कार्यक्रममा सबिना काफ्लेले ‘बिन्दु’ नामक कुकुरको पूजा गरेकी थिइन्। त्यस्तै, कलाकार बसुन्धरा भुसाल, भुवन चन्द र मिथिला शर्माले सशस्त्र प्रहरी बलको केनाइन युनिटमा तालिमप्राप्त ‘साम्बा’ नामक कुकुरलाई विशेष सम्मान गरेका थिए। कार्यक्रममा सहभागीहरूले आफ्ना कुकुरको समेत पूजा गरेका थिए।

Previous Post

कांग्रेसको देउवा पक्षबाट ३९ जिल्लामा नयाँ सभापति चयन, यस्तो छ सूची

Next Post

यमपञ्चकको दोस्रो दिन : नेपाली सेनाका तालिमप्राप्त कुकुरको विशेष पूजा

रिजन खड्का

रिजन खड्का

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav