• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 10, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद

सुरुङमा भएको उद्धारको यकिन विवरण संकलन भइरहेको छः परराष्ट्र मन्त्रालय

ड्रिम न्यूज नेटवर्क by ड्रिम न्यूज नेटवर्क
१८ भदौ, २०८३
A A
सुरुङमा भएको उद्धारको यकिन विवरण संकलन भइरहेको छः परराष्ट्र मन्त्रालय
0
SHARES
0
VIEWS

परराष्ट्र मन्त्रालयले बाढी तथा पहिरो प्रभावित क्षेत्रका सुरुङहरूमा भएको उद्धार र मानवीय क्षतिको यकिन विवरण संकलन भइरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उद्धार कार्य र आगामी कार्ययोजनाबारे जानकारी दिएका छन् । उद्धार कार्यमा प्रयोग भइरहेका मेसिनरी तथा उपकरणहरूको अभाव र गुणस्तरबारे सोधिएको प्रश्नमा प्रवक्ता क्षेत्रीले उपकरणको आवश्यकता महसुस गरी थप सहयोगका लागि साझेदार निकायहरूसँग अनुरोध गरिएको जानकारी दिएका छन् । यद्यपि, प्रयोगमा रहेका उपकरणहरू बिग्रिएको वा काम नलाग्ने अवस्थामा रहेको भन्नेबारे मन्त्रालयलाई कुनै औपचारिक जानकारी प्राप्त नभएको उनले स्पष्ट पारेका छन् ।

सुरुङभित्रबाट कति श्रमिकको उद्धार गरियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता क्षेत्रीले भने, ‘सुरुङ र त्यसको वरपरको क्षेत्रबाट शवहरू निकालिएको रिपोर्ट प्राप्त भएपनि ती सुरुङभित्रका हुन् वा बाहिरका हुन् भन्नेबारे मन्त्रालयले विवरण अद्यावधिक गरिरहेको छ । सम्बन्धित निकायबाट आधिकारिक जानकारी प्राप्त हुनासाथ यसबारे थप प्रष्ट पारिनेछ । कुन क्षेत्र बसोवासयोग्य छ र कुन छैन भन्ने विषयमा सम्बन्धित निकायहरूले अध्ययन गरिरहेका छन् । खोज र उद्धारको कार्य सकिएपछि मात्र रेजिलेन्ट रिकन्स्ट्रक्सन (उत्थानशील पुनर्निर्माण) को योजनाअनुसार विस्तृत अध्ययन अघि बढाइनेछ ।’

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र भविष्यमा बसोवासको सम्भाव्यताबारे बोल्दै प्रवक्ता क्षेत्रीले हाल सरकारको मुख्य प्राथमिकता खोज तथा उद्धारमा रहेको बताएका छन् । प्रभावित कतिपय क्षेत्रहरू बसोवासका लागि असुरक्षित हुन सक्ने चर्चा चले पनि यसबारे दोस्रो चरणमा प्राविधिक अध्ययन गरिने उनको भनाइ छ ।

Previous Post

राहत र उद्धार प्रभावकारी बनाउन तत्काल वैकल्पिक सडक मार्ग खोल्न सांसदहरूको माग

Next Post

विपद्पछिको अवस्था र राहतबारे परराष्ट्र मन्त्रालयद्वारा कुटनीतिक ब्रिफिङ, केरुङमा रहेका नेपालीलाई फर्काउन समन्वय गरिँदै

ड्रिम न्यूज नेटवर्क

ड्रिम न्यूज नेटवर्क

Facebook Twitter Youtube RSS
संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Developed By Ranjit Yadav

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

Developed By Ranjit Yadav